• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

स्वदेशी उद्योगलाई असर पुर्‍याउने वस्तु आयातमा कडाइ

64x64
नेपाल लाइभ बिहीबार, पुस २३, २०७७  १६:५६
1140x725

काठमाडौं- अनपेक्षित र अस्वभाविक रुपमा कुनै वस्तुको आयातले स्वदेशी उद्योगमा असर पर्ने देखिएमा सरकारले अब  त्यस्ता वस्तुको आयात पूर्ण वा आंशिक रुपमा रोक्न सक्ने भएको छ। त्यस्तै सरकारबाट अनुदान र सहुलियत प्राप्त वस्तु आयातमा पूर्ण रुपमा रोक लगाउने गरी नयाँ कानूनी व्यवस्था कार्यान्वयनमा आएको छ।

स्वदेशी उत्पादनलाई असर पार्ने वस्तुको आयात नियन्त्रणका लागि भन्सार महशुल बढाउने, त्यस्ता वस्तुको आयातमा पूर्ण वा आंशिक रोक लगाउने, सरकारले निर्धारण गरेको कोटाभन्दा बढी वस्तु आयात भएमा कोटाको आधारमा अतिरिक्त ट्यारिफ रेटसमेत लगाउने गरी कानुन बनेको हो। स्वदेशी उद्योग तथा उत्पादनलाई समस्या पार्ने विदेशी वस्तुको आयात रोक्न सरकारले गतवर्ष सेफगार्ड, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ ऐन २०७६ कार्यान्वयन गरेको थियो। सोही ऐन कार्यान्वयनलाई थप सहज बनाउने गरी सरकारले सेफगार्ड, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ नियमावली २०७७ समेत पारित गरेको छ। 

आयातित वस्तुबाट स्वदेशी उद्योगलाई हानी नोक्सानी नपुगोस भन्ने उद्देश्यले जारी गरिएको यो कानूनी व्यवस्थाअनुसार सरकारले सेफगार्ड उपाय, एन्टी डम्पिङ वा काउन्टरभेलिङ महसुलका माध्यामबाट स्वदेशी उद्योगलाई आवश्यक संरक्षण प्रदान गर्न र मुलुकको औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य राखेको छ। सामान्य मूल्य र लागत मूल्यभन्दा कम मूल्यमा आयात भई वा सहुलियत प्राप्त कुनै वस्तुको अत्यधिक आयात भएको अवस्थामा पनि एन्टी डम्पिङ, सेफगार्ड तथा काउन्टरभेलिङ सम्बन्धी व्यवस्था लागु हुनेछ।

सरकारले सेफगार्ड उपाय लगाउन सक्ने
कुनै वस्तुको आयातमा अनपेक्षित र अस्वभाविक रुपमा ठूलो परिमाणमा वृद्धि भएकाले त्यस्तो मालवस्तुसँग मिल्दोजुल्दो वा प्रत्यक्ष रुपमा प्रतिस्पर्धी मालवस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई गम्भीर हानीनोक्सानी भएको देखिएमा सरकारले सेफगार्ड उपाय लगाउन सक्नेछ।

आयातबाट स्वदेशी उत्पादनमा परेको समस्यालाई रोक्न सरकारले पहिलोपटक ४ वर्ष र दोस्रापटक बढीमा ४ वर्ष अवधिका लागि सेफगार्ड लागू गर्नसक्ने प्रावधान ऐनमा छ। आयातमा भएको वृद्धिका कारण स्वदेशी उद्योगलाई गम्भीर हानी नोक्सानी भएमा वा हुनसक्ने आशंका उत्पन्न भई तत्काल केही गर्न आवश्यक देखिएमा सरकारले त्यस्तो अवस्थामा अन्तरिक सेफगार्डको उपाय अवलम्बन गर्नसक्ने व्यवस्थासमेत मौजुदा कानूननले गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मालवस्तु डम्पिङ गर्न नपाउने 
स्वदेशी उत्पादनलाई असर गर्नेगरी उत्पादक वा निर्यातकर्ता कम्पनीले स्वायत्त भन्सार क्षेत्रको सामान्य मूल्यभन्दा कम निर्यात मूल्यमा आयात गरी कुनै मालवस्तु डम्पिङ गर्न पाउने छैनन्। कुनै मालवस्तु डम्पिङ गरेको भेटिएमा सरकारले भन्सार महशुलका अतिरिक्त एन्टी डम्पिङ महसुलसमेत लगाउन सक्नेछ।

एकभन्दा बढी मुलुक वा भन्सार क्षेत्रबाट आयात गरिएको मालवस्तुको हिस्सा मिल्दोजुल्दो वा त्यही प्रकृतिका मालवस्तुको कुल आयातको सात प्रतिशतभन्दा बढी भएमा तीन प्रतिशतभन्दा कम हिस्सा रहनेगरी आयातित वस्तुमा पहिलोपटक ५ वर्ष र थप अर्को ५ वर्ष एन्टी डम्पिङ महशुल लगाउने सक्ने व्यवस्था छ। सरकारलाई प्राप्त प्रमाणले कुनै मालवस्तु डम्पिङ भएको देखिएमा अन्तरिम रुपमा एन्टी डम्पिङ महशुल लगाउन सक्ने व्यवस्थासमेत राखिएको छ।

काउन्टरभेलिङ महशुल लगाउन सक्ने 
अब सहुलियतप्राप्त वस्तु वा प्रत्यक्ष अप्रत्यक्ष रुपमा अनुदान पाएका मालवस्तु विदेशबाट आयात गर्न पाइनेछैन। कुनैपनि आयातकर्ताले स्वदेशी उद्योगलाई हानी नोक्सानी पुग्न सक्ने गरी कुनै सहुलियत प्राप्त वस्तु र प्रत्यक्ष अप्रत्यक्ष रुपमा अनुदान आयात गर्न पाइने व्यवस्था नियमावलीमा राखिएको छ।

Xtrem
Xtrem

यदि त्यस्ता वस्तुको आयात भएको देखिएका सरकारले पहिलो पटक ५ वर्ष र दोस्रोपटक थप अधिकतम ५ वर्ष सम्ममा लागि काउन्टरभेलिङ महशुल लगाउन सक्ने व्यवस्था गरिएको छ। अन्तरिम रुपमा पनि सरकारले यस्तो व्यवस्था लागू गर्न सक्नेछ।

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्