काठमाडौ – काठमाडौँ स्थित पद्माकन्या क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी छन् । बिहीबार राती सम्पन्न मतगणनामा ऐरले ७३० मत पाएकी छन् भने
नेविसंघकी पूर्णिमा परियारले ३७९ मत प्राप्त गरिन् ।
यस्तै सचिव संन्ध्या बस्यालले ६९५ र कोषाध्यक्ष संकल्पिका थापाले ६६६ मत पाएर विजयी भएका छन् । यस्तै सदस्यहरु उर्वशी पाण्डे ६९४, चेतना महर्की ६८६, अस्मिता विक ६८०, स्वस्तिका विष्ट ६८०, आशु चौधरी ६७८, आकृति पाण्डे ६७६, निशा कार्की ६७४ र यानसु कटवलाले ६७२ मत पाएर निर्वाचित भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।