काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफले सुदूरपश्चिम प्रदेश विरुद्ध तीन विकेटको जित निकालेको छ ।
पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य एपीएफले ३६ दशमलव ३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।
एपीएफको जितमा सन्दीप जोराको अर्धशतक महत्वपूर्ण रह्यो । उनले ६८ बलमा ५ चौकाको मद्दतमा ५२ रन बनाए । आशिफ शेखले ३२, लोकेश बमले १९, दीपक बोहोराले १६, रोहित पौडेलले १४ र सुमित महर्जनले १२ रनको योगदान दिए ।
सुदूरपश्चिमका शेर मल्ल, विकाश आग्री र नारायण जोशीले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४८ दशमलव ५ ओभरमा अलआउट हुँदै १९१ रन बनाएको थियो । सुदूरका लागि निश्चल खत्रीले अर्धशतकीय इनिङ्स खेले । उनले ८ चौकाको सहयोगमा आउट हुनुअघि ५७ रन जोडे ।
यस्तै प्रकाश पाण्डेले ४२ रन बनाउँदा शेल मल्लले ११, हेमन्त धामी र सुनिल चन्दले १०/१० रन बनाए ।
बलिङमा एपीएफका कप्तान रोहित पौडेल र अमर रौतेलाले समान ३/३ विकेट लिँदा भुवन कार्कीले २ र अभिशेक गौतमले एक विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।