• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषिमा वैदेशिक लगानी : आम उपभोक्ताका लागि मात्रै ठिक, किसान र व्यवसायीका लागि बेठिक

64x64
नेपाल लाइभ मंगलबार, पुस २१, २०७७  १८:२७
1140x725

काठमाडौं- सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ माथि संशोधन गर्दै कृषि तथा पशुपन्छी क्षेत्रमा वैदेशिक लगानी खुला गरेसँगै यसको चौतर्फी आलोचना शुरु भएको छ। कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्रँदा मुलुकलाई के फाइदा हुन्छ? र के घाटा हुन्छ? भन्ने बहस पनि शुरु भएको छ। 

निजी क्षेत्र र सहकारी क्षेत्रले सरकारको उक्त निर्णयको विरोधमा सांकेतिक आन्दोदन शुरु गर्नेसम्मका योजना सार्वजनिक गरिसकेका छन्। कृषि क्षेत्रमा स-सानो पुँजीबाट व्यवसाय संचालन भइरहेको अहिलेको अवस्थामा एकाएक ठूलो परिमाणको विदेशी लगानी आउँदा कृषक र व्यवसायी दुवैलाई असर पर्ने उनीहरुको भनाइ छ। 

निजी क्षेत्रका अनुसार अहिले दुग्धजन्य पदार्थको उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको छ। दुग्धजन्य पदार्थमा बजारको मागको ८० प्रतिशतभन्दा बढी उत्पादन नेपाली व्यवसायीहरूकै लगानीमा सञ्चालित साना तथा ठूला उद्योगले पुरा गरिरहेका छन्। सरकारले पनि कृषिजन्य वस्तुको उत्पादनमा देशलाई पूर्णरूपमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बेला सरकारले एकाएक वैदेशिक लगानी फुकुवा गरिदिएपछि नेपाली लगानीकर्ताहरू सरकारका कदमप्रति सशंकित भएका हुन्। 

नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष तथा सीताराम गोकुल मिल्स उद्योगका सञ्चालक सुमित केडिया कृषिमा विदेशी लगानी भित्र्याउने हो भने यहाँका कृषकमात्र नभई व्यवसायीहरुसमेत बेरोजगार हुनुपर्ने अवस्था आउने बताउँछन्। ‘कृषिमा आधारित साना र मध्यमस्तरीय व्यवसाय त सबै ठप्प हुन्छन्। हामी उद्योग व्यवसाय चलाइरहेकाहरुलाई पनि विदेसिन बाध्य बनाउँछ‚’ उनले भने।

अधिकांश मुलुकहरुले कृषिलाई संरक्षित पेशाका रुपमा अगाडि बढाएका छन्। किसानलाई अनुदान, ऋणको ब्याजदरमा छुट, उत्पादनमा अनुदान, करका दरमा छुटलगायत विभिन्न क्षेत्रबाट कृषि पेशालाई संरक्षण गर्ने र प्रवर्द्धन गर्ने नीति धेरैजसो देशले लिएका छन्। नेपालले पनि कृषिलाई संरक्षित पेशाकै रुपमा चित्रित गर्दै आएको छ। सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा नै ‘संरक्षित कृषि र सुरक्षित बचत’को अवधारणालाई अगाडि बढाउने बताएको थियो। त्यसमाथि अहिले कोभिड-१९ महामारीका बेला अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुँदा राज्यबाट संरक्षण पाउनुपर्नेमा उल्टै विदेशी लगानी ल्याएर मुलुकभित्रको व्यवसायलाई धराशायी बनाउन लागेको आरोप उनीहरुको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एकैपटक ठूलो रकममा आउने बहुराष्ट्रिय कम्पनीको लगानीले नेपालभित्रको बजार कब्जा गर्दा किसान र कृषिमा आधारित व्यवसाय गरिरहेका व्यवसायीहरू विस्थापित हुने प्रबल सम्भावना रहन्छ। तर अर्कोतिर खुला बजार अर्थतन्त्र अंगालेको नेपालजस्तो मुलुकका उपभोक्ताले प्रतिस्पर्धी बजारमा गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अवसर पनि पाउँछन्।

अहिले नेपालका दुग्धजन्य वस्तुहरुलाई भारतमा उत्पादित दुग्धजन्य वस्तुको तुलनामा कम गुणस्तरको छ भन्ने आम उपभोक्ताको बुझाइ छ। तर केडिया भने यो स्वीकार्न तयार छैनन्। ‘हामीले उत्पादन गरेका वस्तुहरु उत्तिकै गुणस्तरीय छन्। कम गुणस्तरीय र बढी गुणस्तरीय भन्ने आम मानिसको भ्रममात्रै हो‚’ उनले भने। 

सरकारले सोमबार राजपत्रमा प्रकाशित गरेको वैदेशीक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा भएको संशोधनअनुसार कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनका लागि केही शर्तहरू राखिएका छन्। ‘आफूले उत्पादन गरी कम्तीमा पचहत्तर प्रतिशत निकासी गर्न पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठूला उद्योग बाहेकका सो क्षेत्रमा उद्योग वा व्यवसायमा लगानी ल्याउन पाउने’ व्यवस्था सरकारले गरेको छ। तर कृषिमा आउने विदेशी लगानीमा प्रविधि र कच्चा पदार्थको आयातका विषयमा भने विस्तृतमा खुलाइएको छैन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘कृषिमा लगानी र प्रविधि मात्र नभई सबै कृषि वस्तुको उत्पादन र कच्चा पदार्थ तथा कामदारसमेत विदेशबाट नेपालमा बजारमात्र खोज्ने गरी सरकारले नयाँ व्यवस्था ल्यायो।’ नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा व्यवसायी अरनिको राजभण्डारी बताउँछन्। 

कृषिमा विदेशी लगानी खुलाउने र केहि बहुराष्ट्रिय कम्पनीलाई नेपालमा संचालन अनुमति दिने खेल शुरु भएको भने लामै समय भइसक्यो। नेपालको कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा सबैभन्दा बढी दुग्ध क्षेत्र प्रभावित हुने ठानिएको छ। अमुल, डावर, नेस्लेलगायत भारतीय बहुराष्ट्रिय कम्पनीहरू नेपालमा आफ्ना उत्पादन प्लान्ट राख्न विगत लामो समयदेखि प्रयासरत छन्।

२०७५ साल चैत १५ र १६ गते सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको थियो। लगानी सम्मेलनअघि जुनसुकै हालतमा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन कार्यान्वयनमा ल्याइसक्नुपर्ने थियो। त्यो बेला पनि कृषिमा लगानी फुकुवा गर्नुपर्ने विषय चर्चामा आएको थियो। तर निवर्तमान कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले कृषिमा विदेशी लगानी भित्र्याउन नहुने अडान राख्दै आएका थिए। त्यस्तै धुलो दूधलगायत दुग्ध वस्तुको आयात रोक्नेसम्मका कामसमेत उनले गरेका थिए।

खनालको अडानकै कारण उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कृषिमा लगानी गर्न नपाउने व्यवस्थासहित विधेयक पारित गरेको थियो।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्