काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको सम्बन्धमा ५ टि’को महत्व औल्याएका छन्। ट्रेडिसन(परम्परा), ट्रेड(व्यापार), टुरिजम(पर्यटन), टेक्नोलिटी(प्रविधि) र ट्रान्सपोर्ट(यातायात) को क्षेत्रमा दुई देशबीचको सहकार्य गरेर अघि बढ्नुपर्ने उनले बताए।
उनले दुई देशबीचको ‘कनेक्टिभिटी’मा जोड दिए। जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रमपछि बोल्दै उनले दुई देशबीच विकासमा सहकार्य हुनुपर्ने बताए। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल भ्रमणमा उनको विकासबारे भिजन सुनेको र आफुहरुको भिजन मिलेको उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।