म्यानचेस्टर– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटीले युक्रेनी क्लब शख्तर डोनेक्सलाई २–० ले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै सिटी समूह 'एफ' को शीर्ष स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा सिटीलाई जिताउन केभिन डे ब्रुइन र रहिम स्टर्लिङले १ – १ गोल गरे । ४८ मिनेटमा बेल्जियन मिडफिल्डर केभिनले स्पेनिस मिडफिल्डर डेभिड सिल्भासँग आकर्षक वान टु वान पास खेलेर उत्कृष्ट गोल गरे । खेलको अन्तिम मिनेटमा स्टर्लिङले सिटीका लागि दोस्रो गोल गरे।
समूह 'एफ' कै खेलमा इटालियन क्लब नापोलीले डच क्लब फोएनोडलाई ३ – १ ले पराजित गर्यो।
समूह 'ई' को खेलमा इंग्लिस क्लब लिभरपुल र रसियन क्लब स्पार्टक मस्कोले १ – १ को बराबरी खेले । २३ मिनेटमा फर्नान्डोले गोल गर्दै मस्कोलाई अग्रता दिलाए । लिभरपुलका लागि काउटिन्हाले ३१ मिनेटमा बराबरी गोल फर्काए।
लिगमा लिभरपुलको यो लगातार दोस्रो बराबरी हो । समूह 'ई' कै खेलमा सेभिल्लाले मारिबोरलाई ३ – ० ले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।