• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

विश्व चकित हुने गरी काम भएको छ

64x64
केपी शर्मा ओली शनिबार, पुस १८, २०७७  १८:२३
1140x725

गन्तव्यमा पुग्न सही नीति र योजना र विचारमा संगठित भएको हाम्रो पार्टी हुनेछ। संघीय लोकतान्त्रिक गणतन्त्रको सुरक्षा र कार्यान्वयन गर्न अब नयाँ शुद्धीकरण अभियान र आन्दोलन सफलतापूर्वक चलाइने छ। त्रिशुली नदीमा कुनै फोहोर फ्याँके किनारामा पुग्छ। अनि त्यो फोहोर बाहिर पुग्छ। नेपालको कम्युनिस्ट आन्दोलनका फोहोर यो आन्दोलनले किनाराभन्दा बाहिर फाल्छ। यो कोशेढुङ्गा हुनेछ।

अस्ति मात्रै पार्टी हाम्रो पार्टीको बैठकमा उपस्थित नभएकाहरूले सभा गरेछन्। सभामा एकथरीले एउटा नारा लगाए, अर्कोले अर्को नारा लगाएछन्। त्यहीँ ठाकठुक हुन थालेछ। अहिले नै यस्तो छ, वहाँहरुको दुई वटा दर्शनढुङ्गामा झल्याकझुलुकु भएजस्तो। माथिका नेताहरूको ध्यान पदमा छ। यता (आफ्नो पक्षमा) आउनु पर्ने थियो। सुन्तला खान सुन्तला घारीतिर जान पर्ने थियो।  सल्लाघारीतिर गएपछि कहाँ सुन्तला पाइन्छ? पद चाहिएको छ ठूलोठूलो तर खालीखाली ठाउँमा जाने? 

पार्टीलाई व्यापक बनाएर यो वर्ष आँधीका रूपमा ल्याउनेछौँ। राष्ट्रियतालाई मजबुत बनाउनु छ। स्वाधीनतालाई मजबुत बनाउनु छ। भौगोलिक एकता र समृद्ध नेपाल बनाउन हामी निकै अघि बढेका छौँ। नेपालको इतिहासमा उल्लेख्य टर्निङ प्वाइन्टका रूपमा रहने छ। 

हाम्रा उद्देश्यहरू संकीर्ण र पारिवारिक होइनन्। बहिनी र छोरीका लागि लडेका छैनौँ। हामी देशका लागि लडेका छौँ। दिदीभाइ र देशका सन्तानको भविष्यका लागि लडेका छौँ। साथीहरूलाई म भन्न चाहन्छु, पार्टी एकता गर्‍यौँ। तर तीन महिनामा हुने भनेको काम तीन वर्षका किन पूरा हुन दिएन? पार्टीले यसरी सभा गर्न दिएको थियो? 

सधैको झमेला र गुटको स्थिति थियो। गएका तीन वर्ष पार्टीले देश अघि बढाउन महत्वपूर्ण काम गर्नु पर्दथ्यो तर त्यो भएन। कार्यकर्तालाई अलमलमा राखियो। असंगठनमा राखियो। बलिदान गरेका कार्यकर्ता आज समाजको पछौटेपन हटाएर समाजलाई सचेत बनाएर संगठित नभएर शिथिलतामा पुगेका छन्। समस्या कहाँ रहेछ र खिया कहाँ लागेको छ? दुई वटा नटबोल्ट फेर्दा कहाँ पुग्यो। खिला लागेका नटबोल्ट आफैँ फुक्लेका हुन्। 

निर्वाचन आयोगबाट मैले एउटा पत्र प्राप्त गरे। यो बरमाझियाको बुढोको पेडा पसल हो र म नै असली हो भनेर दाबी गर्नलाई? यो पेडा पसल होइन। पार्टी हाम्रो हो। हामी नै असली हौँ भनेर निवेदन दिएको हिजो मलाई जानकारी दिएको छ। जसको घर हो ऊ निवेदन हाल्न जान पर्छ? जसको जमिन र गाडी हो ऊ जान पर्दैन। पार्टीको विधान र नियमावली र कानुन अनुसार पार्टी सञ्चालन गरिहेका छन्। भेट्नु कुहिएर झरेका दुई फलहरूले रुख मै हुँ भनेर दाबी गर्ने? बैठकमा आउनुस भनेका छौँ। पुष्पकमल दाहालाई अध्यक्षमा राखेका छौँ। माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेका छौँ। 

पेरिसडाँडामा अहिले पत्रकार सम्मेलन हुँदैछ। यति गते यहाँ जाने, वहाँ जाने भनेका छन्। सिसीमा औषधि जम्मा गर्नेले पनि अलीअली मान्छे जम्मा गर्छ। टाउँको दुखेको, पेट दुखेको औषधि भनेर अब रत्नपार्कमा जम्मा गर्ने वहाँहरूको हालत हो। वहाँहरुको एजेन्डा देश होइन। संविधानको रक्षा होइन। यो सब भन्ने कुरा हो। 

नयाँ नक्सा छापेर संविधान संशोधन गरेकोमा उहाँहरुलाई पीडा छ। सपना कत्रो देखेको? कार्की ब्याकेटमा गएर केपीओलीलाई निकाल्ददियौँ भनेर भन्नु भएछ। निर्वाचन आयोगमा पत्र पठाउनु भएछ। निर्वाचन आयोगका आयुक्त कति दिन हास्नु भयो? जसको कटेरो उसको पुच्छर बाहिर? 

Ncell 2
Ncell 2
nimb
nimb

हामीले किन प्रतिनिधिसभा विघटन गर्न पर्‍यो? किनभने त्यहाँ जति काम गर्न सकिन्थ्यो त्यो गर्न दिइएन। सरकारले जे काम गरेको थियो त्यो प्रचारित हुन पाएन। कतिसम्म भने धरहरा केपी ओलीले होइन, इन्जिनियरले बनाएको रे? डकर्मीले हो, मैले सम्झाएको छु। श्रमजीवीले बनाउने हो नेतृत्व कसले गर्‍यो भन्ने हो। मैले उद्घाटन गरेको रानीपोखरी त्यति लामो समयसम्म किन बनेन? फेरि फर्केर म आएपछि रानीपोखरी बन्यो। 

अस्ति धराहराको २२ तलाबाट काठमाडौँ यस्तो देखिन्छ भनेर फोटो आएको थियो। मैले पनि देखेँ। उहाँहरूलाई भएको काम पनि भयो भन्न नसक्ने? देख्दा छातीको साइज उस्तै छ तर चित्त? राम्रो कामको प्रचार भएन। जनताले थाहा पाएनन्। 

यसबीचमा धेरै काम भएको छ। विश्व चकित हुने गरी भएको छ। विश्वका तीव्र आर्थिक वृद्धि गर्ने १० देशमा नेपाल परेको छ। विश्वभर नेपालको चर्चा हुने गरेको छ। अहिले भारतका हरेक नागरिकलाई नेपालको प्रधानमन्त्रीको नाम कण्ठै छ। अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो नाम सुनिन थालेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले 'सुखी नेपाली र समृद्ध नेपाल'को नाराको प्रशंसा गर्नु भएको छ। चीनका राष्ट्रपतिले पनि सही गन्तव्य भन्नु भएको छ। तर प्रचण्ड र माधव नेपालले यो राष्ट्रिय आकांक्षाबारे बोल्नु भएको सुन्नु भएको छ? बरु ढुङ्गो बोल्ला उहाँहरु बोल्नु हुन्न। किनकी यसको जस, श्रेय कसैलाई जान्छ कि भन्ने उहाँहरूलाई छ। मलाई श्रय चाहिएको छैन। नेपाली जनता भोकै बस्ने अवस्थाको अन्त्य हुन पर्‍यो। 

यो वर्ष कोभिडले दुख दियो। विकासका काम गतिका साथ काम गरेको अवस्थाका कोभिडले अलि धक्का दिएको छ। यसै वर्ष यसलाई नियन्त्रण गरेर अघि बढ्छौँ। कम्बोडियाले प्लेन चार्टर गरेर सहयोग गर्दैछ। हामीले मागेका छैनौँ। आफैँ दिदैछन्। चीन र भारतसँग सम्बन्ध प्रगाढ हुँदै गएको छ। तीन दिनअघि उर्जासचिवको नेतृत्वमा भारतमा गएर शारदा ब्यारेज र नहर चलेको ९२ वर्षदेखि पानी पाएको थिएन। महाकाली सन्धिमा चाँदनी-दोधारालाई पानी दिने सहमति भएको छ। कुनै सरकारले यो पानी चाहियो भनेर भन्न सकेको थिएन। अब ६ महिनाभित्र चाँदनी दोधाराले पानी पाउने छ। 

रक्सौलबाट, केरुङबाट काठमाडौँमा रेल ल्याउन काम सुरु भएको छ। सुरुङ खन्न थालिएको छ। अब थानकोटमा सुरुङ हेर्न सकिन्छ। सुनकोशी डाइभर्सन अघि बढ्छ। हुलाकी राजमार्गको चर्चा धेरैले गरे, तर बनाउन हामी नै चाहियो। 

अरुका समयमा तराई डुबानमा पर्‍यो तर हामीले वार्ता गरेर नदीको प्रवाह अवरुद्ध हुन दिएनौँ। बाँध खोल्यौँ। देशभर चार लेनका सडक बन्दैछन्। सरकारले सिन्चो भाँचेन भनेर उफ्रने नेताहरुले यो बाटो हेर्दा हुन्छ। पूर्व-पश्चिम राजमार्ग चौडा हुँदै छ। मदन भण्डारी राजमार्ग बन्दैछ। ७ लाख घरहरु बनाएर पीडित जनताहरुलाई दिएका छौँ। तराईमा आँधीहुरी जाने स्थानमा ८६९ पक्की घर बनाएर केही महिनाभित्र सरकारले जनतालाई हस्तान्तरण गरेको छ। 

यो मान्छे (आफू)ले नेतृत्व गरे देश सर्लक्कै विकास हुन्छ भनेर अस्तव्यवस्तता गरेर केही नेताहरू मुख छोडेर हिड्न थालेका छन्। मैले धेरै वर्ष अघि भनेको थिएँ, 'गोरु नाङ्गै देख्दा लाज लाग्दैन'। अहिले सडकमा देखिएको नाराले देख्नेहरुलाई लाज भएको छ। देश अगाडि बढेको छ, बढ्छ र बढाइने छ। 

प्रतिनिधिसभा विघटन गरेर मैले नयाँ जनादेशमा जाने निर्णय लोकतन्त्र, संविधान र स्थिरता र स्थायित्व खतरामा परेपछि गरेको हो। प्रायोजित रूपमा समाचार छाप्ने, पुनर्स्थापना भयो भने फलानालाई प्रधानमन्त्री बनाउन भनेर हुन्छ र? अलि दिन कार्यकर्ता झुक्याउनु होला। तर पुनर्स्थापना हुँदैन। 

निर्वाचन आयोगले चुनावको तयारी थालेको छ। जनता ताजा जनादेशका लागि स्वच्छ व्यक्तिलाई मत दिन तयार छ। सशक्त बनाउने गरी मतदान गर्न जनता तयार छन्। उहाँहरुले प्रत्यक्षमा १६५ सिट आउँछ भन्नु भएको छ। धेरै नभनौँ  ठिक्क मात्र भन्छु, कमसेकम २ वटा अंकको सिट ल्याएर देखाउनुस्? वहाँ यो अवस्थामा पुग्नुहुन्न, फर्किनुहुन्छ। हामीले ठाउँ राखेका छौँ। अब फर्किएर फेरि उपद्रो मच्चाउन पाइँदैन। अब थान्कोमा राखिन्छ। अब गुटबन्दीलाई बिदा गरेका छौँ। अब गुटबन्दी फर्कन दिइँदैन।

हामीले देश अप्ठ्यारोमा पर्‍यो अनि दलभित्रबाटै कसैलाई थाहा नभई हस्ताक्षर बाकेर कहिले राष्ट्रपति, कहिले कता, कहिले कता पुगेको छ। केन्द्रीय कमिटीको बैठक भनेर सही गराउने अनि पेस गर्न चै अविश्वासको प्रस्ताव र विशेष अधिवेशनका लागि भनेर पेस गर्नुभयो यो झुटो हो। उहाँहरूतिर बहुमत छ भन्नु भएको छ। बैसाख १७ र २७ गते हेरौँ न। हाम्रा युवाहरुलाई यो देशमा अझै बाँच्नु छ। गतल प्रचार र उद्देश्यमा जान दिनु हुँदैन। युवाहरू देशलाई जोगाउने कुरामा सही विचार बोकेर जानुपर्छ। तीन वर्ष पार्टीको पक्षमा बोल्नु भयो। अनुशासनहीन थियो। प्रतिगमनतर्फ तयारी उनीहरूले गरिहरनु भएको थियो। हामीले यसलाई रोक्नु थियो। त्यसैले यो कदम चालेका हौँ। दुई तिहाई भएको पार्टी फुटाउने अनि पुतली सरकार बनाउने उहाँहरुको योजना थियो। सधैँ अस्थिरताको खेलमा देशलाई फसाउने, विकासलाई अवरोध गर्न मनाशाय उहाँहरुको थियो। 

देशलाई माया गर्ने, अरुबाट सञ्चालित नहुने सरकार चाहिएकोले विघटन गरिएको हो। सरकारले निर्णयका लागि पेस गरेका प्रस्ताव पेस हुँदैन। तर सभामुखले त्यसलाई पेस गर्दैन। ३ वर्षदेखि पेस गरेको विधेयक समितिमा लगेर अल्झाएको छ, अल्झाएको छ। यसको कारण सरकारलाई असफल गराउने नीति थियो। त्यसैले प्रतिनिधि सभा विघटन गर्न परेको हो। पुनर्स्थापना हुन्छ कि भनेर कतिपयले आशंका गर्नु भएको छ। झन्डै ६४ प्रतिशतको दलको नेताले ताजा जनादेश चाहिन्छ भनेर चलाउन्न भनेपछि कहाँ पठाउने फेरि? 

घरवाला भन्दैछ छानो नयाँ बनाउछु, तर छिमेकी पुरानै छानो हुनुपर्छ भन्छन्। कुहिएको छानोले नभएर नयाँ बन्दैछ। पुरानै खरको टुक्रा खोज्न जाने कुरा संविधानमा उल्लेख छैन भनेको छु। प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिले नयाँ निर्वाचनको मिति तोक्ने भनेको छ। संविधानको धारा ७६ मा स्पष्ट नै लेखेको छ। संविधानअनुसार पहिला गठबन्धन र पछि एकल सरकार बनेको हो। बहुमतको सरकारले म चलाउन सक्दिनँ भन्यो भने विघटन गर्न सक्छ। बाँकी अवधि खेर फाल्न हुँदैन भनेर यो विघटन गरिएको हो।

काम गर्न नपाउने अवस्थामा विघटन गरिएको हो। यो फर्कने अवस्था छैन। मुद्दा लड्न पाइयो। मुद्दा लड्ने एउटा कुरा हो। तर प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर विघटनको सिफारिस गरेको हुँ। केही महिनाअघि बोरिस जोनसनले संसद् विघटन गरेर २१ सांसदलाई निम्लबन गरी दुई तिहाई ल्याएका थिए। इजरायलमा पनि यही भएको छ। संसदीय अभ्यास भएका देशमा यो अभ्यास भएको छ। 

धनगढीमा पार्टीका कार्यकर्ताले ३० लाख जम्मा गरेको रहेछ। तर एउटाले तिकडम गरेर झिकेछ। नेताहरूको ध्यान कहाँ छ त भन्दा कार्यकर्ताको पैसामा छ। कार्यकर्ताले बढो मुस्किलले जम्मा गरेको पैसा र जमिनामा छ। कसको ध्यान कहाँ कसको कहाँ? यतातिर धेरै जान चाहन्नँ। हामी पो खास पार्टी हौँ भनेर बुढाको पेडा झै दाबी आएको थाहा पाएको छु। 

हाम्रो अदालत असली चार्ली च्याप्लिन कुन हो भनेर छुट्टाउन नसक्ने अवस्थामा छैन। अनेक हिसाबले चिन्छ। अदालतले चार्ली च्याप्लिन चिन्न अदालत र निर्वाचन आयोगले गलत गर्दैन। सूर्य चिह्न हाम्रो हो। बहुमत कहाँबाट उहाँसँग कसरी भयो? कुन महाधिवेशन र अधिवेशनले भन्यो? कुनै एउटा निर्वाचन क्षेत्रमा छ भनेर दाबी गरेर हुँदैन। रेस्लिङमा रिङ आउट भएको जस्तो हो। कहाँ पुष्टि गर्नुभयो बहुमत? कुन कार्यकर्ताले भोट दिए? म साथीहरुलाई ढुक्क हुन आग्रह गर्दछु। यो विश्वका लागि ऐतिहासिक वर्ष र नेपालका लागि उल्लेख्य रुपमा असाधारण वर्ष हुनेछ। अब हामी चुनावमा लाग्यौँ। हाम्रा कार्यकर्तालाई आँधी र बाढीझैँ अगाडि बढौँ। यस्ता गफ आफै जान्छन्। हामी यसको पछि लाग्दैनौँ। 

एकपटक एउटा घरमा चोर पसेछ। रातीको समयमा पसेर भाँडा भुईंमा खसेछ। घरवालाले चोर हो कि भनेछ। चोरले म्याउँ भनेछ। तर फेरि भाँडा झरेपछि हेर्दा ढाँडे रहेछ। त्यसको गति के भयो होला। एकछिन अध्यारोमा म्याउँ गर्लान्। तर यस पटक ठेगान लगाउने हो। यसको क्षेत्र निर्वाचन हो। परिवार र पैसाका लागि मरिमेट्ने तत्त्वबाट देशलाई जोगाउन आग्रह गर्ने हो। पैसा र परिवारका लागि मरिमेट्नेहरूका लागि हैन। 

चुनावमा हारेको पद चाहिनेका लागि अब काम छैन। दुई वटा खेनौलामा बच्चाहरुले खेलेपछि खेलौना पाएको व्यक्तिले यो त मेरौ हो भनेझैँ प्रचण्डको बानी रहेछ। जनता सोझा छन् अलमलिन्छन्। जादुगरले एकछिनमा एक र एकछिनमा अर्को थरि देखाउँछ। हाम्रा साथीहरु चटके काम गर्छन्। साथीहरुलाई म चटकेहरुको पछि नलाग्न र फर्कन आग्रह गर्दछु। 

यो पार्टीमा देश नै अटाउँछ भने तपाईंहरू दुई जना कार्यकर्ता नअटाउने हुँदैन। के छ उहाँहरुको उद्देश्य देश बनाउने छैन। इतिहासले के भन्छ। हामी देशको जिम्मेवारीवाट भागेका छौँ कि सँगै छौ? साथीहरु उत्साहका साथ अघि बढ्नुस्। मुनामदनमा मदनले भनेझैँ 'तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन' भनेझैँ गतिशील भएर अघि बढ्नुस्। म शीर्ष स्थानमा छु। गलत दिसामा जान दिन्नँ। 

हामी जिउँदो राजतन्त्रलाई खाली हातले पन्जा लडाएर ढालेका थियौँ। हामीले गणतन्त्र ल्याएका हौँ। तानाशाह हामीले फालेका हौ। नेपाललाई रुवान्डा पार्न खोज्नेहरूलाई पराजित गरेर ल्याएका हौँ। नाकाबन्दी हामीले भोकै बसेर सामना गरेका हौँ। नक्सामा भएको हाम्रो जमिन विधिवत रुपमा फिर्ता ल्याउँछौ। मेरो अरु कुनै स्वार्थ छैन। अरु केही लिनु छैन। सुन्दर देश र सुन्दर पार्टी र व्यवस्था बनाउने हो। विकसित र सभ्य समाज बनाउने र गरिबी हटाउने मेरो अभियान हो। मेरो मात्र होइन, सबैको हो। 

(प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफू पक्षका काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा शनिबार गरेको सम्बोधनको सम्पादित अंश) 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी शर्मा ओली
लेखकबाट थप
एमालेभित्रका 'विपक्षी'को चर्को आलोचना गर्दै प्रधानमन्त्रीले पढे सरकारको 'नीति-कार्यक्रम' (पूर्णपाठ)
नेकपामा जस्तो भाँडभैलो संसारका कुनै पार्टीमा हुँदैन
जो भन्यो उही न्यायाधीश चाहिने भए किन चाहियो अदालत?
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्