• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

६४ प्रतिशतले विघटन गरेको हो‚ पुनर्स्थापना हुँदैन

64x64
केपी शर्मा ओली बुधबार, पुस १५, २०७७  १८:१३
1140x725

मेरो एउटा ब्रिफकेस भरिएको छ प्रचण्डसँग सहमति गरेर। आज सम्झौता गर्‍यो। भोलि छैन। 

तपाईं नै सचिवालयमा प्रस्ताव राख्नुस् भनेँ उहाँले राख्नुभयो। गत वर्ष माघ १४ देखि १९सम्म भएको केन्द्रीय समिति बैठकले तीन महिनाभित्र टुङ्गाउने कुरा अढाई वर्षसम्म भएन। खाली सरकार सुस्त भयो। संवैधानिक परिषद्‌मा नियुक्त गर्ने कुरामा बैठक नै बस्न मान्नुभएन। अध्यादेश फिर्ता लिए बस्छु भन्नुभयो। फेरि फिर्ता लिएँ‚ फेरि ममाथी अविश्वास, राष्ट्रपतिलाई महाअभियोग र अन्य संवैधानिक अङ्गमा महाअभियोग हाल्ने तयारी गर्नुभयो।

यो लोकतन्त्रलाई समाप्त पार्न खोज्नुभयो। खसीको टाउको देखाएर अर्कैकै मासु बेच्न परेको छ। युवाहरुलाई सेन्टिमेन्टमा ल्याएर कतिको बिजोग भएको छ। कतिको खुट्टा छैन‚ कतिको ढाड छैन। उहाँलाई यस्तोमा के थाहा। उहाँ  त परिवारमा केन्द्रित हुुनुहुन्छ। उहाँ आफू केन्द्रित हुनुहुन्छ। लोकेन्द्र विष्ट किन कृषितिर लाग्नुभयो। हिजो कालीबहादुर खाम चाहिन्थ्यो‚ अहिले किन चाहिँदैन। हिजो हजारौँ चाहिएको थियो‚ अहिले उहाँलाई उनीहरूको परिवारको चिन्ता छ?

माधव नेपालको बारेमा टिप्पणी गर्नु छैन। उहाँ त प्रचण्डको एउटा मामुली कार्यकर्ता हुनुभएको छ। मलाई पदको लोभ छैन भन्नुहुन्छ। तर म उधारो पत्याउँदिन पनि भन्नुहुन्छ। आन्दोलन फुटाउन पनि दुई तीनवटा अध्यक्ष चाहिन्छ। अध्यक्ष नै नभई नहुने किन हो मलाई भन्नु छैन। छेउमा बस्न पाएकै थिए। म धेरै टिप्पणी गर्दिनँ‚ फेरि उहाँ दुःखी हुनुहुन्छ। समय कति लाग्छ थाहा छैन। वैशाखबाट सकिन्छ भन्नुभएको थियो। म मरिहाल्छ भन्नुभयो मरिनँ। पोहोरो म बैंकक गएँ। काठको बाकसमा फर्कन्छ भन्ने थियो होला‚ प्लेनमा आएँ। पछि अप्रेसन गर्नुपर्‍यो‚ अब गयो भन्नुभयो तर म मरिनँ।

मान्छे मरोस् भन्ने कल्पना विरोधीलाई पनि गर्नुहुँदैन। बलियोसँगै लड्न मजा आउँछ‚ रोगीसँग होइन। उहाँहरु चुनाव हुँदैन भन्नुहुन्छ। वैशाखको चुनावमा पत्तासाफ पनि भन्नुहुन्छ। म उहाँहरुलाई भन्न चाहन्छु। तपाईंहरुले पनि केही सिट ल्याउनुस्। सडकमा गएर कपडा नबिगार्नुस्‚ तयारीमा लाग्नुस्। लोकतन्त्र आइसक्यो। उहाँहरुले नै भनेको होइन? लोकतन्त्रको एउटा राम्रो कुरा भनेको समय समयमा जनताको बीचमा ताजा जनादेशका लागि जाने हो। त्यहाँबाट अनुमोदन भएर आउने हो। पर-पर सिँगौरी खेल्न सजिलो छ।

कहिले माइतीघर‚ कहिले रत्नपार्क जानुभएको छ। एक्लै खेल्न सजिलो छ। जनताले मतदान गरेपछि थाहा हुन्छ। अहिलेदेखि चुनावको तयारी गर्नुस्। संसद पुनर्स्थापना हुन संविधानले मिल्दैन। हुने भए मिल्छ। ६४ प्रतिशत बहुमत भएको नेताले गरेको विघटन हो। त्यतिबेला ६४ प्रतिशतको सर्वसम्मतले गरेको निर्णय हो। ३६ प्रतिशतले हुँदैन। ५१ प्रतिशत चाहिन्छ। अब त्यो सम्भावना छैन।

धारा ७६ को उपधारा ४ ले राष्ट्रपतिले प्रतिनिधी सभा विघटन गर्ने र राष्ट्रपतिले नयाँ निर्वाचनको मिति तोक्ने भनिएको छ। धारा ८५ ले पाँच वर्ष अगावै भनिएको छ। बेलायतमा लिखित संविधान छैन तर अस्ति भर्खर निर्वाचन भएको छ। चुनाव गर्दा गाणतन्त्र  र लोकतन्त्र केही जाँदैन। ताजा जनादेशले झन् बलियो बनाउँछ। देशमा अन्धकारमा फस्न नदिने हो। हामी नभएको भए संविधान बन्दैन थियो। हामीले कसरी अरुलाई अड्याउनु परेको थियो? यदि हामी नभएको भए नाकाबन्दीको सामना कसले डटेर गर्दथ्यो? नेपाल सार्वभौम स्वतन्त्र देशले घेरिएको थियो। अर्को देशबाट समुन्द्रमा जान सकिन्छ भनेर हामी नहुदाँ कसले भन्यो?

चीन र भारत त्यहीँ थियो तर पारवाहन सम्झौता किन भएन? तीनतिर नाका किन खोलिएन? त्यसका लागि देशको स्वाभिमान र स्वाधीनताका लागि प्रयोग गर्ने आँट हामीले देखाएका हौँ। म फेरि चुनावपछि सरकारमा आउनुअघि पुनर्निर्माण भएन भन्नुभयो।धरहरा त्यस्तै थियो। म बनाउँछु मेरो धरहरा सुरू भयो। अब केही महिनापछि २२ तले धराहरा घुमी घुमी हेर्न पाइन्छ। अब नभत्कने गरी बनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

लोकतन्त्र पहिला खोसियो मानिसहरुमा झस्को छ। पछि २०५९मा पनि खोसिएको थियो। त्यो वेला कुखुरा खाने स्याल थियो। कुखुरा हराएको थियो अब राजसंस्था छैन। यहाँ कसैले खोस्दैन। जनता सचेत र एकजुट भएर आन्दोलनमा उत्रने अवस्था थिएन‚ त्यसैले लोकतन्त्र खोसिएको थियो। अब जनता सचेत छ। अब लोकतन्त्र कसैले खोस्न सक्दैन। आफूमा विश्वास गर्न आग्रह गर्दछु। गणतन्त्र र लोकतन्त्र खोस्न सक्ने कसैको तागत छैन। केही मान्छेहरु किन उत्ताउलिएका हुन मलाई थाहा छैन।

सरकारले चुनाव घोषणा गरेको छ। मिलेर जाउँ सामाना गरौ भनेको छु। तर उहाँहरुले केपी ओलीलाई पार्टीबाट निकाल्नुभयो। उहाँहरुले दिएको पार्टी हो र? मैले सदस्य बनाएको हो। बैंकमा काम गरेको मान्छे आदत बसेछ उधारो हुँदैन भन्नुहुन्छ। मैले केही भन्नु छैन। कमिलालाई काल आयो भने पखेटा पलाउँछ र फुर फुर गरेर उठ्न थाल्छ चराहरुले टिपेर खान्छन्। यो सबै हिसाब जनताले राखेका छन्। तपाईंहरू आउनुस् स्वच्छ र धाँधलीरहित निर्वाचन हुन्छ। बत्ति निभाइने छैन। मतपत्र च्यातिने छैन। मतपत्र च्यात्ने र बत्ति निभाउने सोच्नु भएको भए सम्भव छैन। बक्सा साट्न पाइने छैन। निर्वाचनमा भाग लिनुुस्। नडराउनुस्। उहाँहरूले जिन्दगीभरी मरुभूमिमा हुने फल रोप्नु भएको छ। हाम्रो उद्देश्य स्पष्ट छ। अघि-पछि शान्त बस्छ तर आफ्नो बच्चामाथि आक्रमण गरेमा बाघिनिले आक्रमण गरेजस्तो गर्छ। हामीले लडेर ल्याएको गणतन्त्रमाथि आक्रमण सह्य हुनेछैन। केपी ओली तानाशाह भन्नुभएको छ।

प्रतिस्पर्धाबाट डराउनु डराएर मतपत्र च्यात्ने पद्धतीबाट आएको होइन। झलनाथ खनालसँग र माधव नेपालसँग चुनाव लडेर अध्यक्ष भएको हुँ। मलाई हिँड्न नसक्ने भनेर उहाँहरूले अभियान नै चलाउनु भएको थियो। तर निर्वाचन भनेको दौड प्रतियोगितामा भाग लिने होइन। आउनुस् चुनाव गरौं। संविधान सभामा निर्वाचन हार्ने अनि स्पिङबाट हाइजम्प गरेर प्रधानमन्त्री र संविधान निर्माण समितिको सभापति बन्ने उहाँ के लोकतन्त्र खोज्नुहुन्छ?

झुटा आरोपपत्रहरुको पुलिन्दा र लान्छनाहरुको पुलिन्दाहरु ममाथि लगाइयो। नाकमा कालो लागेछ भनेर मैले भनी राख्न पर्दैन सबैले देखेका छन्‚ सबैले जानेका छन्। हामी समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा पुरा गराउन दृढ छौँ। कसले तुइन विस्थापन गर्‍यो? महाकाली पुलमा जङ्गे पुल हाल्न म नै पुग्न पर्‍यो। विभिन्न बाटोहरु कसले बनायो? धरहरा केपी ओलीले हो र‚ इन्जिनियरले बनाएको भनेर झलनाथ खनाले भन्नुभयो इन्जिनियर भन्दा पहिला निर्णय कसले गर्नपर्छ हेर्न आग्रह गर्दछु। 

अब पूर्व-पश्चिम रेल बन्दैछ। हामीले रेल किनेका छौँ। अब चल्छ। अब सबै स्थानीय तहहरुमा अस्पताल बन्दैछन्। हामीले उद्घाटन गरेर काम अघि बढाएका छौँ। सात लाख घर बनाएका छौँ। विद्यालयहरू बनाएका छौँ। विस्थापित भएका जनतालाई पनि घर बनाएर तिव्रताका साथ हस्तान्तरण गरेका छौँ। कोभिड-१९ यहाँमात्र आएको होइन। विश्वभर आएको छ। तर हामीले फैलन नदिएर मृत्युदरलाई कम गराएका छौँ।

अहिले दैनिक २५ हजार परीक्षण हुने अवस्था भएको छ। सुरूमा एउटा पनि परीक्षण हुने अवस्था थिएन। हामी काम गर्नका लागि सरकार बनाउने हो। देश विकास गर्ने हो भने हाम्रो नेतृत्व र सरकारको पार्टी चाहिन्छ। बाँदरले कुनै घर बनाउँदैन। बनायो कि भत्कन्छ।

बाँदर लिएर बस्ती बसाउँछ भनेर ठानेको भएन। रुखको हाँगामा बसेर दुःख पाएछ भनेर घरमा ल्याएर हुँदैन भन्ने देखियो। अब तपाईंहरुले पार्टी विस्तार गर्नुपर्छ र जनतालाई बुझाउनुपर्छ। तपाईंहरू कसका लागि र कसबाट कुदाइएका मान्छेहरुलाई छोड्नुस्। अघि बढ्नुस्। असल कार्यकर्ताले चित्त नदुखाई काममा खटिन आग्रह गर्दछ। यथोचित समयमा मुल्यांकन हुन्छ। सुदूरपश्चिम प्रदेश अब हाम्रो पार्टीको कब्जामा हुनेछ। अब सुन्दरमात्र होइन‚ आधुनिक सुदूरपश्चिमको विकास गर्ने हो। अरु आएर गर्ने होइन हामीले नै गर्ने हो।

(प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले सदूरपश्चिम प्रदेशका कार्यकर्तालाई बुधबार गरेको सम्बोधनको सम्पादित अंश)

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी शर्मा ओली
लेखकबाट थप
एमालेभित्रका 'विपक्षी'को चर्को आलोचना गर्दै प्रधानमन्त्रीले पढे सरकारको 'नीति-कार्यक्रम' (पूर्णपाठ)
नेकपामा जस्तो भाँडभैलो संसारका कुनै पार्टीमा हुँदैन
जो भन्यो उही न्यायाधीश चाहिने भए किन चाहियो अदालत?
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्