डर्टमुन्ड– युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता रियल म्याड्रिडले लगातार दोस्रो खेलमा जित हात पारेको छ । रियलले बुधबार बिहान सम्पन्न खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–१ ले पराजित गर्यो।
रियलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले ४९ र ७९ मिनेटमा गोल गरेका हुन् । २ गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा गोल संख्या १ सय ९ पुर्यानएका छन् । त्यसअघि रियलका लागि १८ मिनेटमा गारेथ बेलले गोल गरेका थिए।
५४ मिनेटमा डर्टमुन्डका पेयरी इमेरिक आउबामेयाङले गरेको गोल सान्त्वनामै सीमित बन्यो।
समूह ‘एच’ कै अर्को खेलमा टोटनह्यामले एपोइल निकालाई ३–० ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले ह्याट्रिक गरे । केनले ३९, ६२ र ६७ मिनेटमा गोल गरेका थिए।
समूह ‘जी’ को खेलमा एफसी पोर्टोले फ्रेन्च च्याम्पियन मोनाकोलाई ३–० ले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।