काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा र सिंचाइलाई देशको आर्थिक समृद्धिको मुख्य आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल चेम्बर अफ कमर्शले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘उर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले ऊर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउने योजना अघि सारेको बताए।
मन्त्री पुनले सुशासनको माध्यमबाट देशलाई समृद्ध बनाउने सरकारको प्राथमिकता रहेको भन्दै देशको आर्थिक क्षेत्रको विकासका लागि जलस्रोत चालक शक्तिको रुपमा रहेको उल्लेख गरे।
मन्त्री पुनले सुशासनलाई कायम राख्न सरकारले अधिकतम पहल गर्ने पनि बताए। उनले विकास र समृद्धिका लागि प्राप्त अवसर सदुपयोग गरेर अगाडि बढ्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।