पोखरा– कास्कीमा बसमा यात्राका क्रममा एक व्यक्तिको मृत्यु भएको छ।
अन्दाजी ४५/५० वर्षका पुरुषको लमजुङको सिङ्दीबाट ना६ख १६०२ नम्बर बसको अन्तिम सिटमा बसेर पोखरा आउँदै गर्दा बेहोस भई मृत्यु भएको हो।
मृतकको परिचय खुल्न नसकेको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताए।
करिब ९ बजेको समयमा गाडीमै बेहोस भएपछि गाडी स्टाफले उपचारका लागि क्षेत्रीय अस्पताल लगेका थिए। चेकजाँजका क्रममा २ बजेर ३० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको थप अनुसन्धान भइरहेको बस्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।