डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिका १ समैजीको सिलङी भन्ने ठाउँमा एक युवती र युवकको शव फेला परेको छ।
तीन दिनदेखि घरमा नआएपछि परिवारले खोजी गर्दै जाँदा बिहीबार आफन्तजनले नै मृत अवस्थामा दुवैलाई भेटेको स्थानीय प्रशान्त ऐरले बताएका छन्।
युवती अजयमेरु गाउँपालिका १ समैजीकी १७ वर्षीया विमला ऐर रहेको स्थानीयको भनाइ छ। युवक नवदुर्गा गाउँपालिका वडा ४ सिरोड बस्ने १७ वर्षकै राजेन्द्र साउद रहेको परिवारले बताए पनि यकिन हुन बाँकी छ।
शवको नजिकै आमाबुवाको नाममा एक पत्र पनि भेटिएको स्थानीयले बताएका छन्। घटनालाई प्रहरीले आत्महत्या भने पनि पुष्टि हुन बाँकी छ।
शव पोष्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।