• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

ओली फाल्न आन्दोलनको तुफान आवश्यक

माधवकुमार नेपाल मंगलबार, पुस १४, २०७७  १८:४२
1140x725

आज पुस १४ गते‚ मलाई २०३७ साल चैतको सम्झना भएको छ। त्यो समयमा उत्रेको संघर्ष पुस ५ गतेका दिन चालेको प्रगतिगामी कदमको सम्झना भएको छ। बुटवलमा भएको विशाल जनसभामा मैले राजतन्त्रको आयु पुग्यो भनेको थिएँ। अहिले म यहाँबाट भन्छु‚ अब निरंकुश शासकसको आयु पुग्यो।

जनताले बनाएको संविधान खुट्टाले कुल्चेर जुन हिसाबले प्रतिनिधि सभाको विघटन गरे‚ त्यो राजनीतिक र जनभावनाको हिसाबले उचित त? हाम्रो क्रान्ति र परिर्वतनको जनआकांक्षाअनुरुप छ? जुनसुकै कोणबाट हेरेपनि यो उपयुक्त छैन। नेपाली जनता र संविधानलाई स्वीकार छैन। उहाँलाई गणतन्त्रप्रति मााया र निष्ठा छैन। गणतन्त्रप्रति अपनत्व छैन। यसलाई बलियो बनाउनुपर्नेमा उनले एकपछि अर्को प्रतिगाामी कदम चाल्नुभएको छ।

संविधान, लोकतन्त्र र संघियताका विरुद्धमा कदमहरु चाल्नु भएको छ। जनताहरू अहिले यही भएर सडकमा उत्रेका छन्। प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजवादी पनि अहिले सडकमा उत्रिएका छन्। २२ दलीय वामपन्थी मोर्चा र साझा विवेकशीलका साथीहरु पनि आन्दोलनमा उत्रेका छन्।

समाजका सबै तप्का र नागरिक समाज पनि आन्दोलनमा उत्रेका छन्। महिलादेखि आम किसानसम्म आन्दोलनमा उत्रेका छन्। मेचिदेखि महाकालीदेखि तराईदेखि पहाडसम्मका सबै जनताले प्रतिगामी कदम भएको र संविधानविपरीत भएको स्वीकार नभएको बताएका छन्। परिर्वतनको अनुभूत गर्न नपाउने र जनताको सुखको दिन नआउने भनी चिन्ता गरेका छन्।

हामी त्यसै संविधानको पक्षमा उत्रेका होइनौँ। केपी शर्मा ओलीले जुन हिसाबमा प्रतिनिधि सभाको विघटन गर्नुभयो‚ के यो आवश्यकता थियो? के उहाँले पार्टीका कुनै तहमा छलफल गर्नुभयो? पार्टीभन्दा अलग भएर स्वच्छेचारीमा काम गर्न पाउनुहुन्छ? विधि र लोकतान्त्रिक पद्धति भनेको के हो?

पार्टीभित्र छलफल, सिद्धान्त र निर्णयसँग केपी शर्मा ओलीलाई महत्व छैन। उहाँमा निरंकुश र व्यक्तिवादी गुण हावी भएको छ। उहाँमा कम्युनिष्टमा हुने गुण पनि छैन र लोकतनत्रवादीमा हुनुपर्ने गुण पनि छैन। उहाँले अनुशासनको उल्लंघन गर्नुभएको छ। तर अझै पनि हामीले उनी सुध्रने आश गरेका छौँ। पार्टी केन्द्रीय सदस्यबाट हटाएका छैनौँ। अझै पनि केही कमरेडहरुले उहाँलाई सुधार्ने आश गर्नुभएको छ। बालुवाटारको बालुवा पेलेर तेल निकाल्न सकिएछ भने शुभकामना छ। बाङ्गो पुच्छरलाई तेल घसेर सोझो बनाउन सक्नुहुन्छ भने म धन्यवाद भन्छु।

अझै पनि गल्ती भयो भनेर स्वीकार गर्नुहुन्छ र संसदको पुनर्स्थापना गरेर माफी मागेमा हामी टेबुलमा बसेर छलफल गर्न तयार छौँ। यदि त्यही बाटो अबलम्वन गरेमा भीरबाट लड्ने गोरुलाई रामराम मात्र भन्न सक्छौँ‚ काँध थाप्न सक्दैनौँ। हिजो हामी एकतन्त्रीय शासनविरुद्ध उत्रन बाध्य भएका थियौँ। हामीले २०६२/०६३मा ज्ञानेद्र राजाको शासन फाल्न उत्रेका थियौँ, अब केपी शर्मा ओलीलाई फाल्न आन्दोलनको तुफान सिर्जना गर्नुपर्ने भएको छ। आवश्यक छ।

हाम्रो लडाईं व्यक्ति होइन‚ प्रवृत्तिविरुद्ध हो। यस्तो कदमलाई कसैले साथ दिन्छ भन्ने मलाई लागेको छैन। लोकतन्त्र सहज रुपमा अघि बढेको देख्न सबैले चाहन्छन्। लोकतन्त्रलाई बलियो बनाउन सबै लोकतन्त्रवादी, परिर्वतनवादी र नागरिक समाजलाई यसलाई जोगाउन हातेमालो गर्न आग्रह गर्दछु। पूर्वअध्यक्ष भनौँ। कस्तो विडम्बना प्रतिनिधिसभा विघटन गर्ने अनि प्रधानमन्त्री भनेर सम्बोधन भइरहेको छ। यो संविधानसँग मेल खान्छ।

Ncell 2
Ncell 2
nimb
nimb

संधिवानमा प्रतिनिधि सभा भङ्ग भएपछि प्रतिनिधि सभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुँदैन। संविधानले कामचलाउन हुन्छ भनेको छ। तर कहि कतैबाट विज्ञप्ति र घोषणा भएको देख्नुभएको छ। किनकी उनलाई पदको ललिपप बाँड्ने रहर छ। मन्त्री पाउँछु कि भनेर र्‍याल चुहाउन थालेका छन्। राजदूत, रोजगारी र टिकट दिने लोभ देखाइरहेका छन् केपी शर्मा ओली। तर धेरै साथीहरुले केन्द्रीय सदस्य र अन्य लोभलाई अस्वीकार गरेका छन्।

बालुवाटारमा भएको भेलामात्र बैठक होइन। भएको छ भने कार्की ब्यांक्वेटमा भएकोमात्र हो। हामीले यहाँ छौँ भनेर देखाएका छौँ। हामीले सूर्य चिह्न फहराउँदै कहाँ छ भनेर देखाएका छौँ। बालुवाटारमा होइन हामी जनताको माझमा छौं भनेका छौँ। कसैले भ्रममा पर्न पर्दैन। हामी २९५ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएका छौँ। सबै पत्रहरु आयोगमा बुझाएर हामी जिउँदै छौँ भनेका छौँ। सूर्य चिह्न अरु कसैको हुन सक्दैन। सानो गुटको हुन सक्दैन। १०० जनाको हेरोफेरोमा भएको भेलाले चुनौती दिन सक्दैन। कसैलाई भ्रममा नपर्न आग्रह गर्दछ। नेकपा र सूर्य चिह्नमा भ्रममा पर्नुपर्ने आवश्यकता छैन। कमरेडहरू! प्रतिनिधि सभाको विघटन गरियो तर मैले संविधानमा कतै भेटिन। तपाईंहरु आफूले पाउनु हुनेछ। धारा ८५ र धारा ७६ अनुसार हेर्दा त कतै देखिँदैन। यी चर्चा हुने गरेको छ तपाईंहरुले पनि हेर्न सक्नुहुन्छ।

प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन। २०७२ सालमा संविधान जारी हुँदा संविधानका अध्यक्ष सुवास नेम्वाङ र अग्नी खरेलले के भन्नुभएको थियो त्यो अहिले छापिएको होइन। २०७२ सालमा उनीहरुले नै बोलेका हुन्। उहाँहरुले नै प्रधानमन्त्रीले संसद भङ्ग गर्न पाउने छैनन् र पुरानो व्यवस्था अब छैन र अस्थिरता समाप्त भएको छ भन्नुभएको थियो।

संसदबाट मात्र प्रधानमन्त्री छान्नुपर्छ अनि सफल नभएमात्र राखिएको हो। संविधानको मर्म र प्रावधानअनुसार नै जनताको भावना बुझेपछि संवैधानिक व्यवस्थाका बारेमा सर्वोच्चको संवैधानिक इजलाशले उचित व्याख्या गर्नेछ। संविधानमाथि कोही पनि हुँदैन। प्रतिनिधि सभाको पुनर्स्थापना हुन्छ‚ हुन्छ‚ हुन्छ। हामीले यस्तो समयमा विचलित हुन आवश्यक छैन। यतिबेला हामीले टाउको समाएर बस्ने समय होइन। आन्दोलनमा उत्रिनुपर्ने र सडकमा आउने समय हो। नेपाली जनता दास बन्न र प्रतिगमनको पक्षमा उभिन तयार छैनन्।

देशलाई सही बाटोमा लान गलत कदमका विरुद्ध उत्रन जनता तयार छन्। समाजवाद र समृद्धिको दिसामा देशलाई लैजान चाहेका छौँ। अहिले पनि काम चलाउन प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा सद्बुद्धस मिलोस्। उहाँले सच्याउनु भएन भने समयले पर्खने अवस्था छैन। सहीलाई सही र दोषीलाई दोषी ठहर गर्छ। म फेरि पनि भन्छु तपाईं प्रधानमन्त्री भएपछि जनतालाई सुख कम र दुःख बढी दिनुभएको छ। तपाईंले अरुलाई होच्याउनु र खिसिटिरी गर्ने मात्र रहेछ।

केपी शर्मा ओलीमा व्यक्तिवादी, गुटवादी र निरंकुश र बदलाको भावना छ। हृदय विशाल छैन। न त राष्ट्रियताको पक्षमा नै उभिनु भएको छ। बामदेव गौतमलाई प्रधानमन्त्रीको ललिपपदेखि पार्टीअध्यक्ष बनाउने ललिपपसम्म दिनुभयो। मलाई पनि यस्तै ललिपप दिनुभयो। पुष्पकमल दाहालाई बोलाएर तपाईंलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउने भन्नुहुँदो रहेछ। हामी तीनजना भेट भएपछि त्यो भण्डाफोर हुन्छ।

यही प्रवृत्ति राजा ज्ञानेन्द्रमा थियो। उनले पनि यसैगरी मलाई बोलाएर कम्युनिष्टमा देशभक्ति हुन्छ‚ आउनुस् भन्ने, कांग्रेसलाई तपाईं महान भन्ने गरेका थिए। हाम्रो भेट हुँदा पोल खोलाखोल हुने देखियो। त्यसपछि हामीले सडकमा आएर आन्दोलनको आँधीबेहरी सिर्जना गरेर हटाएका हौँ।

कम्युनिष्ट पार्टीभित्र यस्ता मानिस हुने रहेछन्। सोभियत संघमा गर्भाचोकजस्ता मानिस जन्मेका थिए‚ जसले कम्युनिष्ट शासन अन्त्य गरे।

नेपालको इतिहासको पाङ्ग्रा पछाडि धकेल्ने प्रयास केपी शर्मा ओलीले गरेका छन्। यो सम्भव छैन। अब सबै अगाडि बढेर प्रतिनिधि सभाको पुनर्बहाली भएर सबै राजनीतिक शक्ति एक भएर जान म आह्वान गर्दछु। मेचिदेखि महाकाली आन्दोलनको आँधीबेहरी सिर्जना गर्न म आग्रह गर्दछु। आन्दोलनबाट विगतमा ज्ञानेन्द्र गए‚ अब केपी ओली जानेछन्।

(प्रतिनिधि सभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा प्रचण्ड-माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा अध्यक्ष नेपालले गरेको सम्बोधनको सम्पादित अंश।)

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्