काठमाडौं- नेपाल कम्युनिस्ट पार्ट (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीबाट हटाउनु भनेको चेस खेल्दा हात्ती खाएजस्तो भएको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो समूहको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
‘न जनयुद्धमा लागेको, न त जनआन्दोलनमा लागेको, न कुनै जुलुसमा हिँडेको नारायणकाजीले हाम्रोविरुद्ध आन्दोलन गर्ने रे!’ ओलीले व्यंग्य गरे‚ ‘आन्दोलन गर्नेको खुट्टी देख्दै चाल पाएँ। मलाई हटाउने कुरा चेस खेल्दा हात्ती खाएँ भनेजस्तै हो। उत्ताउलिएर, भड्किएर नहिँड्नुस्, आउनुस् कारबाही गरेका छैनौँ।’
ओलीले नेपालको नक्सा छाप्दा सम्बन्ध बिग्रिएको आरोप लागेको बताए।
‘उनीहरुलाई दिनहुँ बैठक बस्नुपर्ने ! दिनहुँ बैठक बसेर के गर्ने? लडाइँमा कमान्डर प्रष्ट हुनुपर्छ‚’ ओलीले भने‚ ‘हिँड्न खोज्यो कि अल्झाउने र बल्झाउने केही गर्न नदिने भएपछि जनतामा जान खोजेको हुँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।