काठमाडौं- नेकपा एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्ष चुनाव भन्नासाथ झस्किन थालेको आरोप लगाएका छन्। आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप अर्को पक्षमाथि लगाएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको आफूपक्षका केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै उनले प्रचण्ड माधव पक्षले जहिल्यै गुटभेलाको शृंखला चलाएको समेत आरोप लगाए।
'चुनाव भन्नासाथ केही साथीहरू निद्रामा झस्किएजस्तै गर्न थालेका छ्न्,' उनले भने, 'आउनुस् चुनावमा जाऔँ भन्यो। जहिल्यै गुटभेला गर्या छ, गर्या छ। अनि बैठक गर्नुपर्यो भन्या छ।'
उनले आफूलाई अब बैठक बस्ने फुर्सद नभएको समेत बताए। 'अब धेरै बैठक बस्ने समय छैन। निर्णय गर्ने। जनाताको काम गर्ने हो,' प्रधानमन्त्री ओलीको भनाइ थियो।
यता प्रचण्ड-माधव पक्षले भने सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।