काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरूद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको कदमविरूद्ध सडकमा जाने निर्णय भएको हो।
संसद विघटनविरुद्ध कांग्रेसले सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि यसविरूद्ध विरोध प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।