• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘ट्र्याकआउट’ सांसद

64x64
किशोर दहाल शुक्रबार, भदौ १६, २०७४  १७:०१
1140x725

सन्दर्भ १ः सांसदको कुल संख्या ५ सय ९२ छ। संसदमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न एक चौथाइ अर्थात् १४८ जना सांसदको उपस्थिति आवश्यक पर्छ।

साउन २० गते शुक्रबारको संसद् बैठकमा कोरम नपुगेका कारण मधेसी आयोग, थारु आयोग, मुस्लिम आयोग र अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक पारित गर्ने र जातीय भेदभाव तथा छुवाछुत (कसुर तथा सजाय) पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल रोकियो । सो दिन बैठकको सुरुमा ४ सय ७७ जनाले हाजिर गरेका थिए । तर, विधेयक अघि बढाउने बेला जम्मा ९७ सांसद मात्रै थिए।

सन्दर्भ २ः भ्रष्टाचारीले चुनावमा भाग लिन पाउने कि नपाउने भन्ने विषयमा राज्य व्यवस्था समिति केही सातादेखि बन्धक बनेको छ । संसदको सो समितिमा छलफलका लागि पठाइएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी दुई विधेयकमा भ्रष्टाचारीले चुनावमा उठ्न पाउनुपर्ने व्यवस्था राख्न दबाव बढेपछि साउन २२ गतेयता समितिको बैठक बस्न सकेको छैन। 

भ्रष्टाचारीले समेत चुनावमा उठ्न पाउनुपर्ने प्रावधान राख्न नेपाली कांग्रेसका सांसदहरुको विशेष जोड रहेको देखिन्छ। कांग्रेसका १९ जना सांसदले विधेयकमा संशोधन प्रस्ताव हालेका छन् । केही सांसदले संशोधनको प्रस्ताव पार्टीकै भएको समेत बताउन थालेका छन्।

सरकारले ल्याएको विधेयकमा संशोधन गराउन प्रधानमन्त्री शेरबहादुर देउवाकै सक्रियता रहेको समाचारहरु सार्वजनिक भइरहेका छन् । विशेषगरी कांग्रेस महाधिवेशनमा सभापति उठ्दा देउवालाई सघाएका कांग्रेस नेता खुमबहादुर खड्कालाई चुनावमा उठ्ने बाटो खाली गराइरहेको विश्लेषण हुन थालेको छ। नेता खड्काले नै देउवा र अन्य कांग्रेस नेतालाई प्रभाव र दबावमा पारिरहेको बताइन्छ । भ्रष्टाचारको अभियोगमा साढे १३ महिना जेल परेका खड्का २०७० असोजमा जेलमुक्त भएका थिए।

भ्रष्टाचारीलाई चुनावमा उठ्न दिने कि नदिने भन्ने स्वार्थका बीच निर्वाचन आयोगले भदौ ५ भित्र उपलब्ध गराइसक्न भनेको कानुन अझैसम्म पनि पारित हुन सकेको छैन।

***

माथिका दुई सन्दर्भ जनताको प्रतिनिधित्व गर्ने सांसदहरु कसरी जनविरोधी काममा रमाइरहेका छन् भन्ने पछिल्लो उदाहरण मात्रै हो। अनेकथरी स्वार्थमा घोलिएर हाम्रा सांसदहरु आफ्नो खास दायित्वबाट ‘ट्र्याक आउट’ भइरहेका छन्। 
खोज्दै जाने हो भने राष्ट्रिय स्वार्थभन्दा सीमित समूहको फाइदा र राजनीतिक स्वार्थ मिसिएका यीभन्दा गम्भीर गतिविधिका लामै सूची बनाउन सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सांसदहरुले सदनको बैठकमा एक दिनको भत्ता एक हजार रुपैयाँ पाउँछन्। यही भत्ताका लागि हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति बेलाबखतमा कोरम नपुग्दा मात्रै चर्चामा आउँछन् । कोरम पुग्ने तर केही मात्र सांसद सदन छलेर ‘भागेको’ बेला त यस्तो कुरा कसैको चासोमा पर्दैन र समाचार पनि बन्दैन। 

हाजिर गरेर भागेका कतिपय सांसद एनजीओको कार्यक्रममा सहभागी हुने गरेको समेत पाइएको छ। सदनमा जनचासो र राष्ट्रिय आवश्यकता अनुसार कानुन बनाउन उदासीन रहने उनीहरु एनजीओको कार्यक्रममा भने तिनै कानुन र नीतिबारे छलफल गर्ने गरेको देखिएको छ। दाताको पैसामा लोभिएर देशमा उनीहरुकै स्वार्थअनुकूलका कानुन निर्माण गराउन दबाव दिने ‘अमर्यादित’ काममा कैयौं सांसद सक्रिय छन् । संसदीय समितिलाई बेवास्ता गर्ने तर बाहिर संस्था नै खोलेर यस किसिमका ‘प्राक्टिस’ गर्नेहरु पनि छन्। 

यसरी दाताको पैसामा कानुनलाई प्रभावित पार्ने खेल सामान्य ठान्न थालिएको छ। किनकि अहिलेसम्म कसैलाई कारबाही भएको सुनिएको छैन। कारबाही गर्नुपर्ने विषय हो वा होइन भन्ने पनि बहसमा छैन। 

जनताको दैनिक अप्ठ्यारामा सरकारको ध्यानाकर्षण गराउने र आवश्यक कानुन निर्माणमा सक्रिय भूमिका खेल्नुपर्ने सांसदहरु व्यक्तिगत हित र निश्चित स्वार्थमा अल्झिनु दुःखद हो।

जनतामा नराम्रो सन्देश गए पनि उनीहरु विवादास्पद भूमिकामा सक्रिय रहने तर जनसरोकारका कैयौं सवालमा चुप रहने गरेको प्रशस्तै उदाहरण पाउन सकिन्छ। ‘लोकमान शासन’ का बेला सांसदहरुको मौनताले जनतालाई हैरान पारेको थियो। त्यस्तै, डा गोविन्द केसीको पटकपटकको अनसनका बेला पनि सांसदहरुले मुख खोल्न सकेका थिएनन्। गत वर्ष डा केसी अनसन बसेका बेला उनले राखेका मागबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउन गगन थापा थप दुई जना सांसदको हस्ताक्षर खोज्दै हिँडेको घटना यहाँनेर स्मरणीय छ।

जनताले आवश्यक ठानेका बेला नबोल्ने मात्रै होइन, कतिपय बेला मौन बसेर ‘जनविरोधी’ काममा सघाउ पनि पुर्‍याइरहेको पाइन्छ। केही समयअघि डा गोविन्द केसीको अनसन र उनको पक्षमा रहेको व्यापक जनसमर्थनलाई बेवास्ता गर्दै केही सांसदले ‘मेडिकल माफिया’को पक्षमा गरेको अर्घेल्याइँको समाचार ताजै छ। गत वर्ष शिक्षा विधेयकमा निजी शिक्षण संस्थाका सञ्चालकहरुको हितलाई समेट्न सांसदहरुले देखाएको सक्रियता पनि खासै पुरानो होइन। कतिसम्म भने, केही सांसदको अनावश्यक सक्रियताले नै सो शिक्षा ऐन राष्ट्रपतिबाट प्रमाणित हुन झन्डै एक महिना लागेको थियो।

निजी लगानीको व्यवसाय अनुकूल कानुन बनाउन सांसदहरुले पदीय हैसियत दुरुपयोग समेत गर्ने गरेका छन्। डा गोविन्द केसीको माग बमोजिम चिकित्सा विधेयकलाई रोक्न नेकपा एमालेका केही सांसद पर्दा पछाडि होइन, खुलेरै सक्रिय हुन्छन्। त्यसको एउटै कारण, प्रस्तावित मनमोहन मेडिकल कलेजमा एमालेका केही सांसदसहित धेरै नेता तथा कार्यकर्ताको सेयर हुनु हो। केही सहायक कारणका बीच एमालेका सांसदहरुले आफ्नो लगानीलाई प्राथमिकता दिँदा डा केसीले उस्तै माग राखेर ११ पटक अनसन बसिसकेका छन्। पछिल्लो पटक काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिइएपछि उनी बाह्रौं पटक अनसन बस्ने निश्चित जस्तै भएको छ।

एमालेका मात्रै होइन, अन्य दलका धेरै सांसदको अवस्था पनि उस्तै छ। भए आफ्नै ठूला व्यवसाय अनुकूल कानुन बनाउने र नभए चुनावी खर्च दिने व्यवसायीहरुको हितमा कानुन बनाउने मरिहत्ते संसदमा चलिरहन्छ। चुनावमा बाँडिएका घोषणापत्र, जनताको घरघर पुगेर खाएका कसम त संसदको चौघेरामा विस्मृतितिर धकेलिन्छ। कतिले त्यस्ता वाचा–कसम चुनाव जितेको प्रमाणपत्र हात परेकै क्षण रद्दीका टोकरीमा फालिसक्छन्।

त्यसैले त जनहितका कानुन निर्माणमा सांसदहरुको उदासीनता र एनजीओको आकर्षक भत्तातिर आकर्षण देखिएको हो नि! हुँदाहुँदा अब भ्रष्टाचारीले समेत चुनावमा उठ्न पाउनुपर्ने कानुन बनाउन खुलमखुला सक्रियता बढेको छ। भ्रष्टाचारी ठहर भइसकेकालाई पनि निश्चित समयमा चुनावमा भाग लिन दिनुपर्ने आवाज संसदभित्रै उठ्न थाल्नुले सांसदहरुले राजनीतिक स्खलनलाई जीवनपद्धतिकै रुपमा स्वीकार गर्न थालेको संकेत मिल्छ। यसले उनीहरु आफू पनि भ्रष्टाचारमा संलग्न रहेको वा भ्रष्टाचारलाई सामान्य ठान्न थालेको आभास हुन्छ। राजनीतिलाई यसरी वैधानिक रुपमा भ्रष्टहरुको कब्जामा पार्ने पछिल्लो दौडधुपको सबैले विरोध गर्न जरुरी छ। 

‘भ्रष्ट’हरुलाई राजनीतिको डाडुपन्यू बुझाउने पछिल्लो खेलले राजनीति र त्यसको आवरणमा सांसदहरुले गरेका अन्य गतिविधिको स्वच्छतामा पनि प्रश्न उठेको छ । तर, स्वार्थको दाउपेचमा नैतिकता जोगाउनुपर्ने कष्ट कसैलाई परेको छैन। उनीहरु खुलारुपमै मिडियामा आफ्ना अभिव्यक्ति प्रवाह गरिरहेका छन्। उसै पनि चुनावलाई धेरै खराब प्रतिनिधिमध्ये एउटा खराब छान्ने त हो नि भन्ने विश्लेषण हुन थालेको छ। यसले हाम्रो चुनाव र उम्मेदवारहरुलाई प्रश्नहरुको घेरामा राखिरहेकै थियो। त्यसमाथि, हाकाहाकी रुपमा सदनमा दिइने यस्ता दबावले राजनीति खराबहरुकै खेल हो भन्ने तथ्य स्थापनामा जोड दिन्छ। 

त्यति मात्रै होइन, पछिल्लो समय खर्चिलो हुँदै गएको चुनावी प्रक्रियामा निर्वाचन आयोगले पनि आँखा चिम्लने गरेको परिस्थिति छ। आयोगले ‘वासलात’ मिलाइएको चुनावी खर्चको एक थान कागजी प्रक्रियामै चित्त बुझाउन थालेको छ । सामान्य चुनावमा पनि उम्मेदवारहरुको करोडभन्दा माथि खर्च हुने तथ्य ‘ओपन सेक्रेट’ हो। पैसा खर्च नगरी चुनाव जित्ने अवस्था पनि न्यून हुँदै गएको छ। 

भ्रष्टाचार गरेर अकुत कमाएकासँग सामान्य उम्मेदवारले आफ्नो विगतको काम र स्वच्छ छवि देखाएर चुनाव लड्न सक्ने अवस्था रहँदैन । भ्रष्टाचारीलाई चुनावमा भाग लिन दिने जोडबल समाजमा स्वच्छता विरुद्धको त्यही कैंची  हो । यो अन्ततः लोकतन्त्रको अनुहारमा कालो पोत्ने अभियानको सुरुवात हो । लोकतन्त्रका सच्चा सिपाहीहरुले बोल्ने बेला आएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्