काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी ओली र प्रचण्ड–नेपाल दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दैछ भने प्रचण्ड–नेपाल पक्षको बैठक साढे ११ बजे बबरमहलस्थित बार्की ब्यांक्वेटमा बस्दैछ।
मंगलबार बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले १ हजार १ सय ९९ जना हुने गरी महाधिवेशन महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो।
यस्तै, प्रचण्ड–नेपाल पक्षको आजको केन्द्रीय कमिटी बैठकले महासचिव पदको टुंगो लगाउने भएको छ। उक्त समूहमा सुरेन्द्र पाण्डे, भीम रावल र जनार्दन शर्मा महासचिवका आकांक्षी देखिएका छन्।
नेकपा औपचारिक रुपमा विभाजन नभए पनि दुवै पक्षले केन्द्रीय पदाधिकारी चयन र संगठन विस्तारलाई तीव्रता दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।