काठमाडौं- सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) कपिलवस्तु कृष्णनगरका इन्सपेक्टर निरञ्जनराज कार्की र हवल्दार लिलबहादुर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
हवल्दार गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अनुसन्धानको सिलसिलामा गुरुङले आफ्नो कार्यालयका प्रमुख इन्सपेक्टर कार्कीको निर्देशनमा सेवाग्राहीलाई भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने भनी घुस लिएको बयान दिएका थिए।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पाइएकाले सोही अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।