काठमाडौं- नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले पार्टीको चुनाव चिह्नका रुपमा रहेको सूर्य आफैंले पाउने दाबी गरेको छ।
बुधबार निर्वाचन आयोगमा पछिल्लो निर्णय बुझाउन गएको सो समूहले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै सूर्य चिह्न आफैंले पाउने बताएको हो। सो पक्षले आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहितको निर्णय बुझाएको हो। मंगलबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई कारबाही गर्दै माधव नेपाललाई अध्यक्ष बनाएको थियो।
ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत दिउँसो २ बजे निर्वाचन आयोग पुगेका थिए।
आफूहरुसँग ७० प्रतिशत मत रहेको दाबी गर्दै पाण्डेले बताए। ‘सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ', आयोगलाई पत्र बुझाएपछि पत्रकारहरुलाई पाण्डेले भने, 'हामीले पाउछौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।