काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन गरेका छन्।
२०७५ असोज २४ गते शिलान्यास भई ७३ करोड ६९ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो।
शर्मा एण्ड शर्माले उक्त भवन तोकिएको मितिभन्दा अघि नै निर्माण सम्पन्न गरेर सुम्पिएको हो। १७२ वटा कोठा र बेसमेन्टसहित आठ तलाको भवन महान्यायाधीवक्ता कार्यालयले पाएको छ। २०७२ सालको भुकम्पपछि भवन चर्किर बस्न नहुने भएपछि सिंहदरबारको सामान्य प्रशासन मन्त्रालय बसेको भवनमा सरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।