काठमाडौं- सत्तारुढ दल नेकपा विभाजनको औपचारिक घोषणा नभएपनि आफ्नो समूहमा मनोनित गर्ने कार्य सुरु भएको छ।
प्रधानमन्त्री केपी समूहको नेकपामा महासचिव विष्णु पौडेल रहेपछि प्रचण्ड माधव समूहको महासचिवमा तीन अनुहार आकांक्षी देखिएका छन्।महासचिवका लागि भीम रावल,जनार्दन शर्मा र सुरेन्द्र पाण्डेय आकांक्षी देखिएका छन्। तत्कालीन एमालेको महाधिवेशनमा पाण्डेय महासचिवमा पराजित भएका थिए।
६ मतले पराजित भएका पाण्डेयले महासचिव पद प्राप्त गर्ने सम्भावना बढी रहेको बताइएको छ। महासचिवको टुंगो प्रचण्ड माधव समुहले बिहीबार लगाउने भएको छ। बिहीबार बस्ने केन्द्रीय समितिको बैठकले तीनबाट एकलाई महासचिवमा मनोनित गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।