• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्दैन?

64x64
नेपाल लाइभ बुधबार, पुस ८, २०७७  १७:२८
1140x725

काठमाडाैं- २०६९ जेठ १४ गते पहिलो संविधानसभामा नयाँ संविधान जारी गर्ने तयारी भइरहेको थियो। प्रधानमन्त्री थिए, हालका जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई। संविधानसभाबाट संविधान जारी हुने वा नहुनेबारे आँकलन गर्न सक्ने स्थिति थिएन। बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भइरहेका थिए।

बालुवाटरका शीर्ष नेताहरू पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवाको चहलपहल थियो। बैठकमा सहमति हुन नसकेपछि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भयो।

बैठकमा कांग्रेस नेता शेरबहादुर देउवाले संकटकाल लगाएर भएपनि संविधान जारी गर्नुपर्ने मत राखे। त्यसमा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका अन्य नेताले ठाडै अस्वीकार गरिदिए। आक्कलझुक्कल मात्र बैठकमा देखिने ओलीले देउवाको प्रस्तावलाई उखान-टुक्का हालेरै अस्वीकार गरिदिएका थिए।

झन्डै ६ घन्टासम्म नेताहरूबीच रस्साकस्सी चलेपछि बैठक बिनानिष्कर्ष सकिएको थियो। सभामुखको च्याम्बरको बैठक सकिँदा रातको करिब १० बजेको थियो। उक्त छलफलपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक शुरु भयो। मन्त्रिपरिषद्‌मा तत्काल महान्याधिवक्ता र कानुन सचिवलाई बोलाइयो। उनीहरूलाई राष्ट्रपतिलाई बुझाउने कानुनी भाषाशैलीको पत्र तयार पार्न भनियो। 

दुई वटा विषय समावेश भएको पत्र तयार भयो। प्रधानमन्त्री भट्टराईको राजीनामा र संविधानसभा विघटन भएको पत्र लिएर प्रधानमन्त्री तत्कालीन राष्ट्रपति रामवरण यादव समक्ष पुगे। १२ बजेअघि नै उनले उक्त पत्र राष्ट्रपतिलाई बुझाए। पत्रको सार यस्तो थियो, ‘अर्को संविधान सभाको निर्वाचन २०६९ मंसिर ७ गते बिहीबार हुनेछ।’ राष्ट्रपति यादवले उनलाई २०६९ जेठ १६ गते कामचलाउ भएको पत्र थमाए। यसरी काम चलाउ भएका उनले २०६९ फागुन अन्तिमसम्म भट्टराई काम चलाउन सरकारको नेतृत्वमा बसे।  

यसपछि निर्वाचन गर्न खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन भयो, अनि निर्वाचन सम्पन्न भयो। उनीमात्र होइन, यसअघि संसद विघटन गरेका गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र शेरबहादुर देउवाले पनि संसद विघटनसगै पदबाट राजीनामा दिएका थिए र कामचलाउ मात्र भएका थिए।

000

दोस्रो संविधानसभा बनाएको संविधानको व्यवस्थालाई आधार मानेर गरिएको भनिएको प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले सबै मुद्दा संवैधानिक इजलासबाट सुनुवाई हुने आदेश गरेका छन्। अब अर्को शुक्रबार बस्ने संवैधानिक इजलासले यस बारेमा केही निर्णय दिनेछ।

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ५ गते संसद् विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ निर्वाचन गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका छन्। प्रधानमन्त्रीले संसद विघटन गरेको सिफारिस गरेपनि उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छैनन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई कामचलाउ भएको पत्र दिएको सार्वजनिक भएको छैन। यसरी निर्वाचनको मिति तोकेको प्रधानमन्त्री कामचलाउ हुनुपर्ने भन्दै संवैधानिक कानुनका जानकारले प्रश्न उठाएका छन्। 

प्रधानमन्त्रीले तोकेको मिति निर्वाचन हुन नसके कसको नेतृत्वमा सरकार बनाउने, हालका प्रधानमन्त्रीको पदावधिसम्बन्धी विवाद आउने भएकाले अहिले नै यसको निरुपण हुने उनीहरुको तर्क छ। 

पूर्वमहान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने बताए। ‘निर्वाचन गराउने सरकारको नेतृत्व गर्ने हो भने केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ,’ श्रेष्ठले भने, ‘नत्र बैसाखमा निर्वाचन नहुने हो भने प्रतिनिधिसभा पनि रहँदैन र प्रधानमन्त्री कसरी रहन्छ?’  

यसअघि पनि विघटन गर्ने प्रधानमन्त्रीहरूले राजीनामा दिने गरेकाले ओलीले पदत्याग गर्नुपर्ने उनले बताए। प्रधानमन्त्रीले निर्वाचन गर्न नसकेमा विगतमा खिलराज रेग्मीलाई बनाएझैँ गैरकानुनी कार्य पनि सक्ने भन्दै उनले संवैधानिक रुपमा अहिले नै प्रधानमन्त्री कामचलाउ हुनुपर्ने तर्क गरे। 

यदि पदबाट राजीनामा नदिने हो भने राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई कामचलाउ भएको पत्र दिनुपर्ने उनले बताए। नेपाल बारका पूर्व महासचिव सुनील कुमार पोखरेलले पनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने बताए।

‘यसअघिको परम्परा र अभ्यासले पनि संसद विघटन गर्ने सरकारका प्रधानमन्त्रीले राजीनामा दिने गरेका छन्,’ पोखरेलले भने, ‘निर्वाचन गराउने नियतका साथ विघटन गरिएको होइन भने यहीबाट परीक्षण गर्छ।’ यदि यो निर्वाचन हुन सकेन भने के हुन्छ र प्रधानमन्त्री को हुन्छ? भन्ने प्रश्न उठ्ने र ओली उक्त अवधीमा निरन्तर भए झन निरंकुश र तानाशाही हुनसक्ने खतरा हुने उनको तर्क छ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको महामन्त्री बने भूपदेव शाह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह
सम्बन्धित सामग्री
पार्टीका सबै नेताहरूलाई मिलाएर लैजान संवादमा छु, गुट स्वीकार्य हुँदैन : गगन थापा बागमती प्रदेशस्तरीय चुनावी समीक्षा बैठकमा बोल्दै एकताबद्ध भएर पार्टी १५औँ महाधिवेशनमा जाने बताए । सोमबार, वैशाख ७, २०८३
रास्वपाद्वारा लेवी संरचनामा संशोधन पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार अब सांसदहरूले मासिक १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्ने व्यवस्था गरिएको प्रवक्ता मन... सोमबार, वैशाख ७, २०८३
रास्वपाको महामन्त्री बने भूपदेव शाह प्रधानमन्त्री बालेन शाह निकट उनी सोमबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदित भएका हुन् । सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
पार्टीका सबै नेताहरूलाई मिलाएर लैजान संवादमा छु, गुट स्वीकार्य हुँदैन : गगन थापा सोमबार, वैशाख ७, २०८३
रास्वपाद्वारा लेवी संरचनामा संशोधन सोमबार, वैशाख ७, २०८३
रास्वपाको महामन्त्री बने भूपदेव शाह सोमबार, वैशाख ७, २०८३
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल सोमबार, वैशाख ७, २०८३
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्