काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बुधबार सिन्धुलीको नेकपा पार्टी कार्यालय कब्जा गरेको छ।
कमलामाई नगरपालिका- ६ मा रहेको नेकपा कार्यालय आजाद स्मृति भवन ओली पक्षले कब्जामा लिएको हो। केन्द्रीय सदस्य महेश बस्नेतको उपस्थितमा पार्टी कार्यालयमा ओली पक्षले ताला लगाएका हुन्।
नेकपा गठन हुँदा सिन्धुली अध्यक्ष तत्कालीन माओवादीलाई परेको थियो भने एमालेले सचिव पाएको थियो। जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन) दाहाल–नेपाल पक्षमा छन् भने सचिव प्रदीप कटुवाल ओली पक्षमा छन्।
विद्यार्थी नेता लालबहादुर बुढाथोकीले जबरजस्ती रुपमा पार्टी कार्यालय कब्जा गरेको बताए। तत्कालीन एमालेले रगत पसिना बगाएर बनाएको पार्टी कार्यालयमा अन्यलाई घूसपैठ हुन नदिने घोषणा गर्दै उनीहरुले कब्जामा लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।