फाइल तस्बिर
काठमाडौं–प्रधानमन्त्री केपी ओलीसँग गृहमन्त्री रामबहादुर थापा‘बादल’ले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार गएका बादलले ओलीलाई भेटेर आफ्नो कुरा राखेको गृह मन्त्रालय स्रोतले जनाएको छ।
कुनै पनि पक्षमा नखुलेका बादललाई फकाउन ओली तथा प्रचण्ड–नेपाल दुवै पक्ष निरन्तर लागेका थिए।
मंगलबार र बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले बादललाई पुल्चोकस्थित मन्त्रीनिवासमै गएर भेटेका थिए। त्यतिखेर उनलाई आफ्नो कित्तामा आएर सहयोग गर्न प्रचण्डले आग्रह गरेका थिए। बादलले प्रचण्डलाई आफू कुन कित्ता लाग्ने भन्ने विषयमा छिट्टै निर्णय गर्ने वचन दिएका थिए। यसअघि बादलनिकट ३८ केन्द्रीय सदस्य रहेकोमा अब एक जनामात्रै बाँकी छन्। त्यसैले बादल ओली कित्तामा गए पनि एक जनामात्रै केन्दीय सदस्य जाने स्थिति छ।
संसद विघटन गर्नु अघिल्लो दिन गत शनिबार ओलीले बादललाई निवासमै गएर सहयोेग गर्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।