काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य रघुवीर महासेठ अध्यक्ष केपी ओली कित्तातिर लागेका छन्।
माधव नेपाल पक्षको सूचीमा भएका महासेठ ओलीतिर लागेका हुन्। उनलाई प्रदेश २ का केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने सूचीमा ओलीपक्षले राखिसकेको छ।
महासेठकी श्रीमती पार्टी केन्द्रीय सदस्य जुलीकुमारी महतो ओली पक्षतिर लागेपछि उनी पनि उतै लागेका हुन्। महासेठले लामो समय नेपाललाई साथ दिएका थिए। तर, पार्टी विभाजन नै हुने स्थिति भएपछि उनी ओलीतिर लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।