• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

समर्थकबिना मेस्सीलाई कठीन 

64x64
नेपाल लाइभ बुधबार, पुस ८, २०७७  ०६:५२
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले मैदानमा समर्थकबिना खेल खेलिरहनु पर्दा कठीन अवस्था आइपरेको बताएका छन्। दर्शक बिना खेल भएको मैदान अभ्यास गरिरहेको जस्तो मात्र लाग्ने उनले बताएका हुन्। 

गएको सिजन ला लिगामा सर्वाधिक गोल गर्दै जितेको पिचिचि ट्रफी दिने कार्यक्रमपछि मेस्सीले पछिल्ला अवस्थाबारे खुलेर बोलेका हुन्। उनले आफ्नो ध्यान सर्वाधिक गोल गरेर अर्को व्यक्तिगत ट्रफी जित्नेमा भन्दा टिमको जितमा केन्द्रित रहेको पनि बताए। उनले गएको सिजन ला लिगामा २५ गोल २२ असिस्ट गरेका थिए। 

यो सिजनको खेल सकिएपछि मेस्सीले बार्सिलोना छाड्छन् भन्ने अनुमान भइरहेका छन्। गएको ट्रान्सफर समयमा जस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटीले मेस्सी किन्ने इच्छा देखाइरहेको छ। त्यसका साथै फ्रेन्च क्लब पिएसजी पनि मेस्सीलाई लैजान सक्ने क्लबका रुपमा हेरिरहेको छ। नेमारले मेस्सीसँगै खेल्ने इच्छा सार्वजनिक रुपमा बताइरहँदा उनी पिएसजी जाने विषयमा बल पुगेको देखिन्छ। 

यसअघि बार्सिलोना अध्यक्षमा जोसेप मारिया बर्टामेउ रहँदा मेस्सीको महँगो रिलिज क्लजका कारण म्यानचेस्टर सिटीले उनलाई लैजान सकेको थिएन। सिजनको अन्त्यमा क्लब छाड्न पाउने विषय आफ्नो सम्झौतामा रहेको मेस्सीले बताइरहे पनि ७०० मिलियन युरोको रिलिज क्लजलाई बाधा बनाएर उनलाई रोकिएको थियो। जसले आफ्नो प्रिय क्लबविरुद्ध कानूनी लडाइँमा नजाने भन्दै मेस्सी बार्सिलोनामा रहन राजी भएका थिए। 

त्यसबेला लामो समयपछि सार्वजनिक रुपमा बोलेका मेस्सीले क्लब अध्यक्ष बर्टामेउको खुलेर आलोचना गरेका थिए। जसका कारण बर्टामेउ हटाउन अन्य पदाधिकारी लागिपरे र उनको राजीनामाका लागि बाध्य बनाए। अब बार्सिलोना ब्यवस्थापनको नयाँ चुनावले मेस्सीको भविष्य कता जान्छ भन्ने निक्योल हुने फुटबल विश्लेषकहरु बताइरहेका छन्।

यो सिजन पहिले जस्तो गोलमा बढ्ने संख्यामा मेस्सी पछाडि परिरहेका देखिन्छन्। आफूलाई गएको ट्रान्सफर समयको विषयले असर नगरेको बताइरहे पनि उनी खुलेर पहिलेको अवस्थामा पुग्न सकेका छैनन्। यो सिजन मेस्सीले बार्सिलोनाको १८ खेलमा १० गोल र ५ असिस्ट गरेका छन्।   

मंगलबार राति लिगमा  भायाडोलिडसँगको खेलमा गोल गर्दै मेस्सी एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले बार्सिलोनाबाट ६४४ गोल गरेका छन्। यसअघिसम्म एउटै क्लबबाट सर्वाधिक गोलकर्तामा पेले थिए। पेलेले १९५६ देखि १९७४ सम्म सान्तोषबाट १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

गएको सिजनको अन्त्यमा बार्सिलोना छाड्ने प्रयास असफल भएपछि आफूलाई यो सिजनको सुरुवातको केही समय मुस्किल भए पनि अहिले जितमा मेहनत गरिरहेको उनले बताएका छन्। स्पेनिस पत्रिका मार्काले मेस्सीसँग गरेको केही प्रश्नोत्तर यस्तो छ- 

सात पटक पिचिचि ट्रफी जित्नु गजव होइन त?
सत्य कुरा के हो भने मैले यतिका अवार्ड जित्छु भन्ने सोचेकै थिइनँ। टेल्मो जाराको कीर्तिमान तोडेर अगाडि बढ्ने मेरो सोचमा कहिल्यै आएको होइन। अहिले यो जितले रमाइलो अनुभव भइरहेको छ। 

अहिलेको अवस्थामा पिचिचि जित्दाको भन्दा तपाइँको गोल संख्या कम देखिएको छ, आठौँ ट्रफीका बारेमा सोच्नुभएको छ? 
मलाई थाहा छैन, मैले वास्तवमा त्यसबारे सोचेको छैन। त्यसले मलाई कुनै चिन्ता महसुस पनि हुँदैन। मेरा लागि फेरि ला लिगा जित्नु महत्वपूर्ण विषय हो, जुन हामीले गएको सिजन जित्न सकेनौँ। यसैले पिचिचिका लागि भन्दा मेरो ध्यान र मेहनत लिग उपाधिमा नै हुनेछ। 

यो बार्सिलोनाको खेल च्याम्पियन्स लिग र ला लिगामा धेरै नै फरक देखिएको छ। तपाइँलाई लाग्छ बार्सिलोनाले दुबै उपाधि जित्न सक्छ?
हामी सबै कुरा जित्नका लागि प्रयास गर्नेछौँ। यो क्लबमा सधैँ ध्यान जितमा नै हुँदै आइरहेको छ। हामीले अहिले थोरै थोरै गर्दै सुधारतर्फ बढिरहेका पनि छौँ। ला लिगामा हामीलाई अगाडि बढ्न समय लागिरहेको सत्य हो। हामीले त्यति धेरै अंकहरु गुमाउनु हुँदैन थियो। 

मलाई के लाग्छ भने हामीले अलाभेस, गेटाफे र रियल मड्रिडसँग फरक नतिजा निकाल्न सक्थ्यौँ। त्यो तीन खेलमा हामीले गोलका धेरै अवसर बनाएका थियौँ। जहाँ त्यो अवसरको सदुपयोग गर्न सकेको भए अवस्था अहिले फरक हुने थियो। 

ला लिगामा सही रुपमा बढ्न त्यस्तो कुनै योजनाहरु छ? 
अहिले महत्वपूर्ण कुरा के भने लिग तालिकामा राम्रो स्थानमा रहनका लागि जितको अवसरहरुलाई उही रुपमा अगाडि बढाउनुपर्ने छ। यसमा केही समय लाग्न सक्छ। अहिले कोरोना माहामारीपछिको खेल समयमा फुटबल खेल निकै कठीन भइरहेको छ। फुटबलमा धेरै कुरा फेरिएको छ। यो अप्ठ्यारो सबैका लागि हो, विस्तारै अवस्था फेरिँदै पनि गइरहेको छ। 

कोरोनाका कारण गएको नौ महिनादेखि खेलहरु दर्शकबिना खाली रंगशालामा भइरहेका छन्। दर्शकबिना खेल्न कति कठीन छ? 
हो, धेरै कठीन छ। दर्शकबिना खेल्नु जटिल विषय हो। त्यसमा राम्रो सोच आउन सक्दैन। स्टेडियममा कोही नदेख्नु अभ्यासको मैदानमा अभ्यास गरिरहे जस्तो लाग्छ। त्यसैले खेलमा ध्यान दिन पनि केही समय लाग्ने गर्छ। त्यसैले अहिले कतिपय खेलहरु फरक लागिरहेको हुन्छ। तपाइँ जोविरुद्ध खेलिरहनुभएको भए पनि जित कठीन बनिरहेको छ। 

कोरोना माहामारीका कारण फुटबलमा धेरै कुरा फेरिन बाध्य भयो। त्यो फेरिएका कुराहरुले राम्रो प्रभाव पारेको देखिँदैन, त्यो कुरा खेलमा हामीले अनुभव गरेका छौँ, देखिरहेका छौँ। आश गरौँ अब छिट्टै दर्शकहरु मैदानसम्म आउन पाउनेछन् र सबै कुरा सामान्य हुनेछ। 

म्याराडोनालाई श्रद्धाञ्जली दिएको समय तपाइँको गोल उत्कृष्ट रह्यो, 
त्यो दिन धेरै नै विशेष रह्यो। मैले सोचेअनुसार र तयारी गरेअनुसार नै मैदानबाट म्याराडोनालाई श्रद्धाञ्जली दिन पाएँ। म्याराडोना हामीसँग छैनन् भनेर त्यसरी सम्झन पाउने अवसर राम्रो मिलेको हो। 

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ०६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्