काठमाडौं - सत्तारुढ दल नेकपा फुटको संघारमा पुगेपछि महानगरपालिका मेयरमा पनि कित्ता छुट्टिने देखिएको छ।
६ वटा महानगरपालिकामध्ये ३ वटाको प्रमुख जितेको नेकपामा २ जना मेयर केपी शर्मा ओली पक्षका छन् भने १ जना मेयर पुष्पकमल दाहाल पक्षका छन्।
काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी केपी शर्मा ओली पक्षमा छन्।
भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल प्रचण्ड–नेपाल पक्षमा छिन्। उनी दाहालकी छोरी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।