नेपालगञ्ज- नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका तीन जना कर्मचारी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, इलेक्ट्रिकल सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई सेवाग्राहीबाट १५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको आयोगको कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
पक्राउ परेका तीनै जनाले सेवाग्राहीलाई मिटर जडान गरिदिने र नामसारी गरिदिने भनेर घुस माग गरेको बताइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।