काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रथम अध्यक्षको हैसियतमा सोमबार नै केन्द्रीय समितिको विस्तारको निर्णय नै गरेको खुलेको छ।
ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा थपिएका केहि नयाँ अनुहार पनि देखिएका छन्। उनीहरु केन्द्रीय सदस्यको हैसियतमा उपस्थित भएका हुन्।
अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजै मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उक्त नामावली अनुमोदन गर्न बैठकमा प्रस्ताव गरेको र बैठकले गडगडाहट तालीका साथ प्रस्ताव अनुमोदन गरेको थापाको भनाइ छ।
कूल सदस्य संख्या एक हजार १९९ हुने गरि महाधिवेशन आयोजक कमिटी बनाइएको छ। साविक कायम ४४७ जनामा ओलीले ५५६
जना मनोनित गरेका छन्। रिक्त १९६ जना पछि पुरा गर्ने बताइएको छ।
मनोनित सदस्यलाई ओलीले सपथसपथग्रहण गराएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए।
ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा निवर्तमान प्रतिनिधि सभा र वर्तमान राष्ट्रिय सभाका सदस्य स्वत सदस्य हुने मापदण्ड अपनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।