काठमाडौं- नेकपाभित्रको विवादमा एक पक्षको नेतत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले पार्टीको नेतृत्व नै परिवर्तनको तयारी गरेका छन्।
सो पक्षले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। उनलाई अहिलेका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीको स्थानमा अध्यक्ष बनाउन लागिएको हो। आजको केन्द्रीय कमिटी बैठकले ओलीलाई कारबाही गर्ने र नेता नेपाललाई अध्यक्ष बनाउने बताइएको छ।
नेकपाको विधानमा दुई अध्यक्ष हुने व्यवस्था छ। अर्का अध्यक्षमा प्रचण्ड नै निरन्तर रहने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।