काठमाडौं–प्रतिनिधि सभा विघटनविरुद्ध ९ विद्यार्थी संगठन एकै स्थान उभिने भएका छन्।
प्रतिनिधि सभा विघटनले अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगमनलाई सहयोग पुर्याउने विद्यार्थी संगठनको ठहर छ। संसद विघटनको विरुद्धमा प्रतिरोध गर्नसमेत विद्यार्थी संगठनले आव्हान गरेका छन्। राष्ट्रलाई दुर्घटनातर्फ धकेल्ने कार्यको भर्त्सना विद्यार्थी संगठनले गरेका छन्।
संयुक्त रुपमा विज्ञप्ति निकाल्नेमा नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना, सत्तारुढ दलकै भ्रातृ संस्था अनेरास्ववियूका सह संयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी संघका मनिष मिश्र, समाजवादी विद्यार्थी युनियनका रुपनारायण श्रेष्ठ, अखिल ( छैठौं)का विमल पोखरेल,अखिल (पाँचौ)का घनश्याम मिश्र, अखिल ( क्रान्तिकारी) का चिरञ्जीवी ढकाल, अखिल ( क्रान्तिकारीका ) महासचिव सुन्दुर रायमाझी र अखिल नेपाली विद्यार्थी युनियनका सचिवालय सदस्य मनिष भट्टराई छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।