काठमाडौं- बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यको भेलामा ओलीले आफूले कसैलाई पनि कारबाही नगर्ने बताएका छन्। बालुवाटारमा उनले आफूले पार्टी नफुटाउने बताए।
उनले महाधिवेशनबाट नयाँ पुस्तामा पार्टी नेतृत्व हस्तान्तर गर्ने आफ्नो पूर्व घोषणामा अडिग रहेको बताएका भेलामा सहभागी एक केन्द्रीय सदस्यले बताए।
ओलीले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताए। भेलामा जीवन शर्माको गीत गुनगुनाउँदै उनले भने- पिलो निचोरेर फाल्दैमा तौल घट्दैन।
भेलामा ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरिएको हो। त्यसमा १९७ जना पछि थप गर्ने बताइएको छ।
नेकपा गठन हुँदा ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो। पछि ५ जना थपिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।