पोखरा– प्रदेश ४ को प्रदेशसभाको समाचार संकलन गर्ने पत्रकारहरुको संसदीय पत्रकार मञ्च पोखरा गठन गरिएको छ।
कान्तिपुर दैनिकका लालप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो।
समितिको उपाध्यक्षमा दी हिमालयन टाइम्सका भरत कोइराला, सचिबमा नागरिकका बिशन क्षेत्री, कोषाध्यक्षमा नयाँ पत्रिकाका रोहितराज पराजुली, सह-सचिवमा समाधान दैनिक र अनलाइन खबरका अमृत सुवेदी चयन भएका छन्। सदस्यमा पत्रकार उमा आले, प्रदीप पौडेल, तारा चापागाईं, सागरराज तिमिल्सिना, प्रकाश ढकाल र युनिश गुरुङ छन्।
मञ्चले ६ महिनाभित्रै संस्था दर्ता गरी पहिलो अधिबेसन बताएको छ। आजै मञ्ज पहिलो बैठक पनि बसेको छ। बैठकले मञ्च गठनबारे प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालयमा पत्रसहित जानकारी गराउने निर्णय गरेको छ।
बैठकले प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालयमा पत्रसहित जानकारी गराउने केशवशरण लामिछानेको संयोजकत्वमा प्रकाश ढकाल र विशन क्षेत्री सदस्य रहेने गरी समिति गठन गरेको छ। समितिले असार मसान्तसम्म विधान तयार पारीमन्चलाई बुझाउने छ।
बैठकलाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष लालप्रसाद शर्माले संस्थाको उद्देश्य अनुसार गरिमा कायम राखी संस्थालाई उचाईमा पुर्या उने प्रतिबद्दता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।