काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव दिउँसो साढे ३ बजे मात्रै संसद सचिवालयमा दर्ता भएको संसद् सचिवालयले बताएको छ।
सार्वजनिक भएको अविश्वास प्रस्ताव फोटोमा बिहान साढे १० बजे उल्लेख भएपनि दिउँसो साढे ३ बजे दर्ता भएको संसद् सचिवालयले बताएको हो।
‘हाम्रो अभिलेखमा भने साढे ३ बजे मात्रै छ,' संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने।
यसअघि नेकपाका प्रचण्ड-नेपाल पक्षधर सांसदहरूले भने बिहान १० बजे नै दर्ता भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।