काठमाडौं- ऊर्जामन्त्रीको पदबाट राजीनामा दिएका नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री ओली र नेकपा नेतृत्वलाई सोच्न दबाब पुगोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्। राजीनामा दिनका लागि गरिएको पत्रकार सम्मेलनमा पुनले यस्तो बताएका हुन्।
'हामीले प्रधानमन्त्री र नेकपा नेतृत्वलाई दबाब होस् भन्ने उद्देश्यले राजीनामा दिएका हौं,' उनले भनेका छन्, 'गल्तीलाई सच्चाउने प्रयत्न होस भन्ने नै हाम्रो भावना हो।'
वर्षमानको धारणा
हामीले हाम्रो ठाँउबाट प्रयत्न गछौं। यो हाम्रो प्रतिबद्धता हो। यो आजको आवश्यकता हो। यो उपलब्धिलाई बचाउनु पर्छ। अहिले जुन असंवैधानिक कदम हो। यसमा हामी राजनितीदलहरुमा छलफल हुन्छ होला।
हाम्रो पार्टीको स्थाई कमिटीको बैठक अहिले पनि छ त्यसमा पनि छलफल पनि हुन्छ। अझै पनि हामीले आ–आफ्नो ठाउँबाट यो आर्जित गरको उपलब्धी रक्षा गर्न पर्छ। यसलाई गुम्न दिन हुन्न। जनताको भावना अनुसार हामीले पार्टी एकतालाई बचाइराख्न प्रयत्न गर्नु पर्छ र गरिरहन्छौं।
हामीले यो कुनै आवेगमा राजिनामा गरिरहेका छैनौं। हामीले प्रधानमन्त्री र नेतृत्वलाई दबाब होस र सोच्न सयम दिन यो यो राजिनामा दिएका हौं। गल्तीलाई सच्चाउने प्रयत्न होस भन्ने नै हाम्रो भावना हो।
घनश्याम भुसाल
विकास गर्ने असाधारण सम्भावना गत निर्वाचनपछि केपी ओली सरकारले पाएको थियो। संसद विघटन एक हिसाबले भन्ने यो दुर्घटना हो। यसलाई कम्युनिस्ट पार्टी माथिको मात्रै संकट हैन, यसको सामान हामीले ले कम्युनिस्ट पार्टीले र नेपालको लोकतान्त्रिक शक्तिले सामान गर्ने छ र गरिने छ।
यो क्षतीलाई पूरा गर्न हाम्रो इतिहास र हाम्रा शक्तिहरु एक भएर लाग्नु पर्छ र लाग्ने छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।