काठमाडौं- संवैधानिक परिषदको गत मंगलबारको बैठकले संवैधानिक परिषदको रिक्त पदाधिकारी नियुक्त गर्यो। परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी भएनन्।
तर बैठकले प्रमुख प्रतिपक्षी दलका नेता देउवाको कोटाबाट पनि केहीलाई संवैधानिक परिषदको सदस्य सिफारिस गरेको पाइएको छ।
देउवाले आफू प्रधानमन्त्री भएकाले बेला नेपाल प्रहरीको महानिरीक्षक बनाउन खोजेका जयबहादुर चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यमा सिफारिस भएका छन्।
यसैगरी पूर्व राष्ट्रपति डा रामवरण यादवका संवैधानिक सल्लाहकार डा सूर्य ढुंगेल राष्ट्रिय मानवअधिकार आयोगको सदस्य सिफारिस भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।