• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद विघटन : अन्तिम आशा सर्वोच्चतिर 

64x64
नेपाल लाइभ आइतबार, पुस ५, २०७७  १६:४६
1140x725

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको संसद विघटनसम्बन्धी प्रस्ताव स्वीकृत गरेपछि यो विवाद अब सर्वोच्च अदालतको बलमा पुगेको छ। सर्वोच्च अदालतमा विघटन नहुँदै रिट पुगेकाले अब नयाँ निवेदन दर्ता हुने बाटो खुलेको छ। राष्ट्रपति भण्डारीको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएकाले अव मुद्दा लड्न योग्य भएको छ। 

सर्वोच्च अदालतको संवैधानिक इजलाशले यो ब्याख्या गर्नुपर्ने भएको छ।  सवैधानिक कानुनकाविज्ञ चन्द्रकान्त ज्ञवालीले अबको आश सर्वोच्चसँग मात्र भएको बताए। संविधानको अन्तिम व्याख्यता सर्वोच्च अदालतको संवैधानिक इजलाश भएकाले यसबाट अब यो संविधान र संसदीय प्रणालीलाई बचाउने कि नबचाउने निर्णय हुने उनले बताए। यसअघि पनि संसद विघटनका बारेमा दुईवटा फैसला सुनाएकाले सर्वोच्च अदालतको अबको व्याख्याले नयाँ न्यायीक इतिहास बस्ने उनको भनाइ छ।

नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले पनि अवको आश सर्वोच्चसँग भएको बताए। संविधानको अन्तिम व्याख्याता सर्वाेच्च भएकाले उसले यसमा न्याय दिनुपर्ने उनको भनाइ छ। वरिष्ठ अधिवक्ता खड्काले तर अहिले आशंका रहेको पनि बताए। अध्यादेशबाट बोलाइएको परिषद् बैठकमा जानु र मध्यरातमा पनि प्रधानमन्त्री भेट्न प्रधानन्यायाधीश गएको कुरा आएकाले अदालतबाट कम आशंका रहेको उनले बताए। आशंका भए पनि अबको बल अदालतकै कोर्टमै भएकाले संविधान र कानुनतः यसमा निर्णय दिने आश गर्नुपर्ने उनले बताए। 

के हुन्छ अदालतको अबको प्रक्रिया 
संसद विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपति भण्डारीले स्वीकृत गरेपछि यसविरूद्ध सर्वोच्च अदालतमा मुद्दा पर्ने निश्चितप्रायः छ। यो निर्णय परिपक्व नहुँदै सर्वोच्चमा निवेदन पुगिसकेकाले यसविरुद्ध अदालतमा चुनौती दिने कार्यमा धेरै रिटहरु पुग्ने देखिन्छ।

राष्ट्रपति कार्यालयबाट जारी भएएपछि यसबारे निर्णय गर्ने निकाय सर्वाेच्च नै हुनेछ। यसअघि पनि सर्वोच्चले दुई पटक संसद विघटनको बारेमा फैसला सुनाएको छ। मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाको संसद विघटनबारे सर्वोच्चले फरक-फरक फैसला सुनाइसकेको छ। अहिलेको संविधान सभाबाट लेखिएको संविधान भएकाले यसमा स्पष्ट व्यवस्था नहुँदा फेरि व्याख्या हुने अवसर हुने छ। सर्वोच्च अदालतबाट नै  मन्त्रिपरिषद्को उक्त निर्णयको विवादबारे अन्तिम निर्णय हुनेछ।

संवैधानिक कानुनका जानकारहरुले पनि यही कुरा बताएका छन्। वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले अबको निर्णय र निकास दिने काम अदालतको  भएको बताए। प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकाले अब त्यसविरुद्ध कुनै व्यक्ति वा अधिवक्ताले निवेदन ल्याउने र संवैधानिक इजलाशले व्याख्या गरेर बचाउनु अबको विकल्प भएको बताए।

अर्का वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पनि राष्ट्रपतिबाट संसद विघटन सिफारिसलाई अनुमोदन गरेपछि सर्वोच्चको संवैधानिक इजलाशले यसमा निकास दिनुपर्ने बताउँछन्। 

आमनागरिक वा कुनै वकिलले यससम्बन्धी मुद्दा संवैधानिक इजलासमा सोझै दर्ता गर्न सक्छन्। त्यसरी मुद्दा दर्ता भए सो संवैधानिक इजलासले हेर्छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश हुन्छन्। संवैधानिक इजलासका लागि सर्वोच्चले तयार गरेको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले छान्नेछन्।

nimb
nimb
Ncell 2
Ncell 2

अहिले संवैधानिक इजलासका लागि तयार भएको रोष्टरमा न्यायाधीशहरू  दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकासिंह राउत र सपना प्रधान मल्ल छन्।    

एकल इजलाश हुँदै संवैधानिक इजलाशमा 
निवेदन दर्ता साधारण रिट निवेदन जसरी दर्ता भएमा एकल इजलाश हुँदै संवैधानिक इजलाशमा जानेछ। संवैधानिक इजलाशमा पठाउनेबारे एकलले निर्णय गर्नेछ। यो गर्दा पहिलो सुनुवाईपछि मात्र हुनेछ। 

एकल इजलाशका न्यायाधीशले यो संवैधानिक विषय हो भन्ने ठाने संवैधानिक इजलासमा पठाउन सक्छन्। यसअघि  नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा काम गर्न रोकियोस् भनेर परेको मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले हेरेको थियो। उनले उक्त मुद्दा संवैधानिक इजलासमा पठाएका थिए। उनले अन्तरिम आदेश जारी गरेर संवैधानिक इजलाशमा पठाएका थिए। संवैधानिक इजलाशले पछि यो विवादमा अन्तरिम आदेश खारेज गर्ने आदेश गरेको थियो।

सिधै संवैधानिक इजलाशमा 
निवेदनले सिधै संविधानको विवाद भएकाले संवैधानिक इजलाशमा निवेदन दर्ता गरेमा पहिलो सुनुवाई संवैधानिक इजलाशमा हुनेछ।

प्रधानन्यायाधीशसहितको उक्त इजलाशले तत्काल कार्यान्वयन नगर्न पनि आदेश दिन सक्नेछ। निवेदकले पाँच हजार रुपैयाँ दस्तुर तिरेर सिधै संवैधानिक इजलाश रोज्न सक्ने अधिकार रहेको छ। संवैधानिक इजलाशले संविधान व्याख्यासम्बन्धी निवेदनको सुनुवाई गर्ने भएकाले सिधै सुनुवाई गर्ने चलन रहेको छ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक (लाइभ)
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक (लाइभ) बैठकमा  प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “प्रतिनिधि सभा सद... बुधबार, जेठ ६, २०८३
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय एमाले सांसद गुरु बरालले प्रतिनिधिसभाको जारी बैठकमा यो विषय उठाएका हुन् । बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि प्रतिनिधि सभा नियमावली को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्या... बुधबार, जेठ ६, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) बुधबार, जेठ ६, २०८३
बासस्थान भत्काएका सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, जेठ ६, २०८३
बेइजिङमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्