काठमाडौं- वीरगञ्ज महानगरपालिकाको जारी मतगणनामा संघीय समाजवादी फोरमले लगातार अग्रता लिइरहेको छ।
अहिलेसम्म ७३ हजार ४ सय ३० मत गनिँदा फोरमका मेयर उम्मेदवार विजय सरावगीले १६ हजार नौ सय ५६ मत ल्याएका छन् । उनीपछि कांग्रेसका प्रत्यासी अजयकुमार द्विवेदी छन् भने तेस्रो स्थानमा राजपा छ।
अहिलेसम्म कसको कति मत ?
मेयर/उपमेयर
संघीय समाजवादी फोरम १६९५६/१६०७४
नेपाली कांग्रेस १५६२१/१७९८८
राजपा नेपाल १०२२४/८९०९
माओवादी केन्द्र ७६५०/४६५६
नेकपा एमाले ७६२८/९२०६
लोकतान्त्रिक फोरम ७१२१/६१०५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।