काठमाडौंः पछिल्लो २४ घण्टामा काठमाडौं १२१ महिला र १६६ पुरुष गरी २८७ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १७ हजार ८७९ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०२ , ललितपुरमा ७६ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ।
त्यसैगरी, आज काठमाडौंमा १ जना र ललितपुरमा १ जना गरी २ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्र ९४ हजार २७१ जना संक्रमित भएका छन्, जसमध्ये ४५३ जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार ८७४ जना निको भएका छन्।
ललितपुरमा १४ हजार ७२३ जना संक्रमित भएका छन्। जसमा १४० जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ८४० जना निको भएका छन्।
भक्तपुरमा ८ हजार ५९८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ११० जना निको भएका छन्।
आज काठमाडौंमा ४ हजार ८७ ललितपुरमा ७३५ र भक्तपुरमा ३५१ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर ७८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ।
२४ घण्टामा १ हजार २९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ।
आज देशभर ९ हजार ३१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ७६५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।