गौशाला- जनकपुरधाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिएका छन्।
मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई बैसाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन निर्देशन दिएका हुन्।
मन्त्री यादवले यहाँका प्रत्येक पालिकाबाट प्रमुखको नेतृत्वमा ठूलो संख्यामा जनता लिएर जनकपुर आउनसमेत निर्देशन दए।
मन्त्री यादवले यहाँका सरकारी, गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी र आम जिल्लावासीलाई समेत मोदीको स्वागतमा आउन भनेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।