• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लेवान्डोस्कीमा सफलताको भोक

64x64
नेपाल लाइभ शुक्रबार, पुस ३, २०७७  १५:३१
1140x725

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दिने वर्ष २०२० को उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जर्मन क्लब बायर्न म्युनिकमा रहेका पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले जिते। गएको सिजनको उत्कृष्ट खेलमा लेवान्डोस्कीले इटालियन क्लब युभेन्टसमा रहेका क्रिष्टियानो रोनाल्डो र स्पेनिस क्लब बार्सिलोनामा रहेका अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पारेका हुन्। 

लेवान्डोस्कीलाई फिफा उत्कृष्टको अवार्ड आफूले जित्छु भन्नेमा यसअघि नै पूर्ण विश्वास थियो। ‘जब धेरै गोल गरिएको छ र मिल्ने जति सबै उपाधि जितिएको छ भने यस्तो अवस्थामा मैले आफूलाई अरु कसैसँग तुलना गर्न चाहन्नँ। हामी अहिले पूरा टिम नै उत्कृष्ट हौँ, यसमा कुनै दुविधा छैन’, लेवान्डोस्कीले भनेका थिए।

प्रतिस्पर्धामा रहेका मेस्सीको तारिफ गर्दै उनले भनेका थिए ‘हुन त अहिलेसम्म जे जस्तो गरेका छन् त्यसका आधारमा मेस्सी जस्ता खेलाडी पाउन एक सय वर्ष पनि लाग्न सक्छ, त्यसैले उनी फुटबल इतिहासका महान खेलाडी हुन्।’ तर गएको सिजनको आफ्नो खेलमा भने अरुसँग तुलना हुन नमिल्ने उनको भनाइ थियो। लेवान्डोस्कीको यो पहिलो फिफा उत्कृष्ट अवार्ड हो। 

रोनाल्डोले फिफा उत्कृष्टको अवार्ड पाँच पटक जितिसकेका छन्। सन् २०१६ र २०१७ मा फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका रोनाल्डोले त्यसअघि फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी र फ्रान्स फुटबल म्यागजिनले दिने बालोन डि’ओर संयुक्त रुपमा दिइँदा २०१३ र २०१४ मा उत्कृष्टको अवार्ड जितेका थिए। त्यसअघि फिफाले फिफा विश्व उत्कृष्ट वर्ष खेलाडीको नाममा दिने अवार्ड रोनाल्डोले २००८ मा जितेका थिए। 

मेस्सीले फिफा उत्कृष्ट खेलाडीको अवार्ड छ पटक जितेका छन्। फिफा विश्व उत्कृष्ट वर्ष खेलाडीको नाम दिइने अवार्ड २००९ मा जितेका उनले फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी र फ्रान्स फुटबल म्यागजिनले दिने बालोन डि’ओर संयुक्त रुपमा दिइँदा २०१०, २०११, २०१२ र २०१५ मा जितेका थिए। फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडीको नाममा अवार्ड दिइँदा उनी गएको वर्ष २०१९ को विजेता बनेका थिए।  

३५ वर्षका रोनाल्डो र ३३ वर्षका मेस्सी गएको १५ वर्षमा विश्व फुटबलको केन्द्रमा नै छन्। को उत्कृष्टको बहसमा यी दुईको नाम छुटेको छैन। यस्तोमा ३२ वर्षका लेवान्डोस्कीको गएको सिजनको खेलमा यी दुई पछि परे। गएको सिजन लेवान्डोस्कीले च्याम्पियन्स लिग, बुन्डेस लिगा, डिएफबी कप, जर्मन सुपर कप र युइएफए सुपर कपसहित पाँच उपाधि जितेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

उनी गएको सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता, बुन्डेसलिगामा सर्वाधिक गोलकर्ता, डिएफबी कपमा सर्वाधिक गोलकर्ता बनेका लेवान्डोस्कीले जर्मनमा वर्ष उत्कृष्ट फुटबलर र युइएफए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए। 

गएको सिजन बायर्न म्युनिकका लागि लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल र १० असिस्ट गरेका थिए। जहाँ बुन्डेस लिगामा ३१ खेलमा ३४ गोल ४ असिस्ट, च्याम्पियन्स लिगमा १० खेलमा १५ गोल ६ असिस्ट, डिएफबीमा ५ खेलमा ६ गोल गरेका थिए। पहिलो पटक फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका लेवान्डोस्की पछिल्ला वर्षहरुमा उत्कृष्ट खेलमा चिनिँदै आइरहेका छन्।

विश्व फुटबलमा व्यक्तिगत रुपमा दिइने सबैभन्दा ठूलो अवार्ड मानिने बालोन डि’ओर कोरोना महामारीका कारण स्थगित हुँदा त्यसको सबैभन्दा बढी दुःख लेवान्डोस्कीलाई नै लागेको थियो। उनले हतारमा अवार्ड स्थगित गर्ने निर्णय आएको भन्दै सार्वजनिक रुपमा नै बोलेका थिए। अहिले फिफा उत्कृष्टको अवार्डले आफ्नो उत्कृष्ट खेललाई न्याय मिलेको विश्वास उनलाई छ। 

लेवान्डोस्कीको खेल जीवन यो स्थानमा पुग्छ भन्ने विश्वास पहिले उनी स्वयमलाई पनि थिएन। लेवान्डोस्की १७ वर्षको हुँदा २००५ मा उनको बुबाको निधन भयो। जुडो खेलाडी बुबाको निधन हुँदा लेवान्डोस्की पोल्यान्डको चौथो डिभिजनको क्लब लिगिया वारशोमा अनुबन्ध भएका मात्र थिए। त्यहाँ राम्रो लय समात्न थालिसकेका लेवान्डोस्की घुँडाको चोटले लामो समय बाहिर परे। 

चोटमा रहेको बेला नै क्लबले उनी क्लबको आगामी योजनामा सामेल नहुने निर्णय समेत गरिदिएको थियो। आफूहरुसँग लेवान्डोस्कीभन्दा राम्रो स्ट्राइकर रहेको विश्वासमा उनलाई क्लब छाड्न भनिएको थियो। त्यसपछि उनलाई तेस्रो डिभिजनको क्लब जिन्क प्रुस्कोले बोलायो। जसले थोरै रकममा खेलाडी किन्ने र नाफा बनाएर बेच्ने काम गरिरहन्थ्यो। यसैले एक हजार पाउण्डमा मात्रै किनिएका लेवान्डोस्की उनीहरुका लागि ‘सुनको माछा’ थिए। 

पहिलो सिजन प्रुस्कोलाई तेस्रो डिभिजनबाट दोस्रोमा उकाल्दा लेवान्डोस्कीले १५ गोल गरेका थिए। दोस्रो डिभिजनमा पनि लेवान्डोस्कीले गोलमा आफ्नो क्षमता राम्ररी नै देखाइरहे। २००७ को डिसेम्बरमा प्रुस्कोको प्रशिक्षक ग्रेमबोकी भएपछि लेवान्डोस्कीको कला अझ पहिल्याइयो। उनका लागि मैदानमा उत्कृष्ट खेलाडी लेवान्डोस्की बनिरहे। 

लेवान्डोस्कीको पहिलो सिजन प्रुस्को दोस्रो डिभिजनबाट केही अंकले मात्र माथि उक्लन सकेन। त्यसपछिको वर्ष पनि प्रुस्कोको अगाडि बढ्ने योजना सफल भएन। जसले स्ट्राइकरमा लेवान्डोस्कीको विकल्पको खोजी भयो। प्रुस्कोले लेवान्डोस्कीलाई लेच पोजनान क्लबमा ३ लाख पाउण्डमा बेचेर उनको स्थानमा मिकेल अउवाबारेनालाई ल्यायो। लेवान्डोस्कीले लेचमा पहिलो अभ्यासदेखि नै राम्रो प्रभाव पारे। 

२००९–१० को सिजनमा लेवान्डोस्कीले लेचमा १८ गोल गरे। त्यसपछि नै पोल्यान्डका प्रशिक्षक लियो बेनहाकरले उनलाई राष्ट्रिय टिममा समेत बोलाएका थिए। लेचमा लेवान्डोस्की दुई सिजन बसे। युरोपका विभिन्न क्लबमा जाने इच्छा बनाइरहेका उनलाई जर्मन क्लब बोरुसिया डोर्टमुन्डले ४.५ मिलियन पाउण्डमा किन्यो। 

बोरुसिया डोर्टमुन्डमा सुरुमा उनलाई लेचमा जस्तै समस्या पर्न थाल्यो। त्यसबेला बोरुसियाका प्रशिक्षक योर्गेन क्लोपको पहिलो रोजाइँको मुख्य स्ट्राइकर पाराग्वेका लुकास बारियोस थिए। यसैले लेवान्डोस्कीले रुचाइएको भन्दा फरक पोजिसनबाट खेल्नुपर्ने भयो। तर लेवान्डोस्की सेन्टर अट्याकमा अझ राम्ररी खारिए। 

बोरुसिया डोर्टमुन्डमा गएदेखि नै उनले पछाडि फर्केर हेर्नुपरेन। २०१२–१३ को च्याम्पियन्स लिग सेमिफाइनलमा रियल मड्रिडविरुद्ध उनले चार गोल गरेका थिए। जसले विश्व फुटबल उनको खेलको खुब चर्चा भयो। त्यसको अर्को वर्ष त उनी जर्मनकै क्लब बायर्न म्युनिकमा गए। बायर्नमा २०१५ को लिग खेलमा वुल्भ्सवर्गविरुद्ध ९ मिनेटमा ५ गोल गर्दा उनको अपत्यारिलो खेलले धेरैलाई चकित बनायो। 

राष्ट्रिय टिमबाट ११६ खेलमा ६३ गोल गरेका लेवान्डोस्कीले बायर्न म्युनिकका लागि पछिल्लो समय के गरिरहेका छन् भन्ने सबैले देखेकै छन्। अहिले रोनाल्डो र मेस्सीसँगै रहेर विश्व उत्कृष्टको अवार्ड जित्नु उनको मेहनतकै प्रमाण हो। हुन पनि लेवान्डोस्की सफलताका लागि लागिपर्ने स्वभावकै त छन्। 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित]
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्