• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लेवान्डोस्कीमा सफलताको भोक

64x64
नेपाल लाइभ शुक्रबार, पुस ३, २०७७  १५:३१
1140x725

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दिने वर्ष २०२० को उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जर्मन क्लब बायर्न म्युनिकमा रहेका पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले जिते। गएको सिजनको उत्कृष्ट खेलमा लेवान्डोस्कीले इटालियन क्लब युभेन्टसमा रहेका क्रिष्टियानो रोनाल्डो र स्पेनिस क्लब बार्सिलोनामा रहेका अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पारेका हुन्। 

लेवान्डोस्कीलाई फिफा उत्कृष्टको अवार्ड आफूले जित्छु भन्नेमा यसअघि नै पूर्ण विश्वास थियो। ‘जब धेरै गोल गरिएको छ र मिल्ने जति सबै उपाधि जितिएको छ भने यस्तो अवस्थामा मैले आफूलाई अरु कसैसँग तुलना गर्न चाहन्नँ। हामी अहिले पूरा टिम नै उत्कृष्ट हौँ, यसमा कुनै दुविधा छैन’, लेवान्डोस्कीले भनेका थिए।

प्रतिस्पर्धामा रहेका मेस्सीको तारिफ गर्दै उनले भनेका थिए ‘हुन त अहिलेसम्म जे जस्तो गरेका छन् त्यसका आधारमा मेस्सी जस्ता खेलाडी पाउन एक सय वर्ष पनि लाग्न सक्छ, त्यसैले उनी फुटबल इतिहासका महान खेलाडी हुन्।’ तर गएको सिजनको आफ्नो खेलमा भने अरुसँग तुलना हुन नमिल्ने उनको भनाइ थियो। लेवान्डोस्कीको यो पहिलो फिफा उत्कृष्ट अवार्ड हो। 

रोनाल्डोले फिफा उत्कृष्टको अवार्ड पाँच पटक जितिसकेका छन्। सन् २०१६ र २०१७ मा फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका रोनाल्डोले त्यसअघि फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी र फ्रान्स फुटबल म्यागजिनले दिने बालोन डि’ओर संयुक्त रुपमा दिइँदा २०१३ र २०१४ मा उत्कृष्टको अवार्ड जितेका थिए। त्यसअघि फिफाले फिफा विश्व उत्कृष्ट वर्ष खेलाडीको नाममा दिने अवार्ड रोनाल्डोले २००८ मा जितेका थिए। 

मेस्सीले फिफा उत्कृष्ट खेलाडीको अवार्ड छ पटक जितेका छन्। फिफा विश्व उत्कृष्ट वर्ष खेलाडीको नाम दिइने अवार्ड २००९ मा जितेका उनले फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी र फ्रान्स फुटबल म्यागजिनले दिने बालोन डि’ओर संयुक्त रुपमा दिइँदा २०१०, २०११, २०१२ र २०१५ मा जितेका थिए। फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडीको नाममा अवार्ड दिइँदा उनी गएको वर्ष २०१९ को विजेता बनेका थिए।  

३५ वर्षका रोनाल्डो र ३३ वर्षका मेस्सी गएको १५ वर्षमा विश्व फुटबलको केन्द्रमा नै छन्। को उत्कृष्टको बहसमा यी दुईको नाम छुटेको छैन। यस्तोमा ३२ वर्षका लेवान्डोस्कीको गएको सिजनको खेलमा यी दुई पछि परे। गएको सिजन लेवान्डोस्कीले च्याम्पियन्स लिग, बुन्डेस लिगा, डिएफबी कप, जर्मन सुपर कप र युइएफए सुपर कपसहित पाँच उपाधि जितेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी गएको सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता, बुन्डेसलिगामा सर्वाधिक गोलकर्ता, डिएफबी कपमा सर्वाधिक गोलकर्ता बनेका लेवान्डोस्कीले जर्मनमा वर्ष उत्कृष्ट फुटबलर र युइएफए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए। 

गएको सिजन बायर्न म्युनिकका लागि लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल र १० असिस्ट गरेका थिए। जहाँ बुन्डेस लिगामा ३१ खेलमा ३४ गोल ४ असिस्ट, च्याम्पियन्स लिगमा १० खेलमा १५ गोल ६ असिस्ट, डिएफबीमा ५ खेलमा ६ गोल गरेका थिए। पहिलो पटक फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका लेवान्डोस्की पछिल्ला वर्षहरुमा उत्कृष्ट खेलमा चिनिँदै आइरहेका छन्।

विश्व फुटबलमा व्यक्तिगत रुपमा दिइने सबैभन्दा ठूलो अवार्ड मानिने बालोन डि’ओर कोरोना महामारीका कारण स्थगित हुँदा त्यसको सबैभन्दा बढी दुःख लेवान्डोस्कीलाई नै लागेको थियो। उनले हतारमा अवार्ड स्थगित गर्ने निर्णय आएको भन्दै सार्वजनिक रुपमा नै बोलेका थिए। अहिले फिफा उत्कृष्टको अवार्डले आफ्नो उत्कृष्ट खेललाई न्याय मिलेको विश्वास उनलाई छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लेवान्डोस्कीको खेल जीवन यो स्थानमा पुग्छ भन्ने विश्वास पहिले उनी स्वयमलाई पनि थिएन। लेवान्डोस्की १७ वर्षको हुँदा २००५ मा उनको बुबाको निधन भयो। जुडो खेलाडी बुबाको निधन हुँदा लेवान्डोस्की पोल्यान्डको चौथो डिभिजनको क्लब लिगिया वारशोमा अनुबन्ध भएका मात्र थिए। त्यहाँ राम्रो लय समात्न थालिसकेका लेवान्डोस्की घुँडाको चोटले लामो समय बाहिर परे। 

चोटमा रहेको बेला नै क्लबले उनी क्लबको आगामी योजनामा सामेल नहुने निर्णय समेत गरिदिएको थियो। आफूहरुसँग लेवान्डोस्कीभन्दा राम्रो स्ट्राइकर रहेको विश्वासमा उनलाई क्लब छाड्न भनिएको थियो। त्यसपछि उनलाई तेस्रो डिभिजनको क्लब जिन्क प्रुस्कोले बोलायो। जसले थोरै रकममा खेलाडी किन्ने र नाफा बनाएर बेच्ने काम गरिरहन्थ्यो। यसैले एक हजार पाउण्डमा मात्रै किनिएका लेवान्डोस्की उनीहरुका लागि ‘सुनको माछा’ थिए। 

पहिलो सिजन प्रुस्कोलाई तेस्रो डिभिजनबाट दोस्रोमा उकाल्दा लेवान्डोस्कीले १५ गोल गरेका थिए। दोस्रो डिभिजनमा पनि लेवान्डोस्कीले गोलमा आफ्नो क्षमता राम्ररी नै देखाइरहे। २००७ को डिसेम्बरमा प्रुस्कोको प्रशिक्षक ग्रेमबोकी भएपछि लेवान्डोस्कीको कला अझ पहिल्याइयो। उनका लागि मैदानमा उत्कृष्ट खेलाडी लेवान्डोस्की बनिरहे। 

लेवान्डोस्कीको पहिलो सिजन प्रुस्को दोस्रो डिभिजनबाट केही अंकले मात्र माथि उक्लन सकेन। त्यसपछिको वर्ष पनि प्रुस्कोको अगाडि बढ्ने योजना सफल भएन। जसले स्ट्राइकरमा लेवान्डोस्कीको विकल्पको खोजी भयो। प्रुस्कोले लेवान्डोस्कीलाई लेच पोजनान क्लबमा ३ लाख पाउण्डमा बेचेर उनको स्थानमा मिकेल अउवाबारेनालाई ल्यायो। लेवान्डोस्कीले लेचमा पहिलो अभ्यासदेखि नै राम्रो प्रभाव पारे। 

२००९–१० को सिजनमा लेवान्डोस्कीले लेचमा १८ गोल गरे। त्यसपछि नै पोल्यान्डका प्रशिक्षक लियो बेनहाकरले उनलाई राष्ट्रिय टिममा समेत बोलाएका थिए। लेचमा लेवान्डोस्की दुई सिजन बसे। युरोपका विभिन्न क्लबमा जाने इच्छा बनाइरहेका उनलाई जर्मन क्लब बोरुसिया डोर्टमुन्डले ४.५ मिलियन पाउण्डमा किन्यो। 

बोरुसिया डोर्टमुन्डमा सुरुमा उनलाई लेचमा जस्तै समस्या पर्न थाल्यो। त्यसबेला बोरुसियाका प्रशिक्षक योर्गेन क्लोपको पहिलो रोजाइँको मुख्य स्ट्राइकर पाराग्वेका लुकास बारियोस थिए। यसैले लेवान्डोस्कीले रुचाइएको भन्दा फरक पोजिसनबाट खेल्नुपर्ने भयो। तर लेवान्डोस्की सेन्टर अट्याकमा अझ राम्ररी खारिए। 

बोरुसिया डोर्टमुन्डमा गएदेखि नै उनले पछाडि फर्केर हेर्नुपरेन। २०१२–१३ को च्याम्पियन्स लिग सेमिफाइनलमा रियल मड्रिडविरुद्ध उनले चार गोल गरेका थिए। जसले विश्व फुटबल उनको खेलको खुब चर्चा भयो। त्यसको अर्को वर्ष त उनी जर्मनकै क्लब बायर्न म्युनिकमा गए। बायर्नमा २०१५ को लिग खेलमा वुल्भ्सवर्गविरुद्ध ९ मिनेटमा ५ गोल गर्दा उनको अपत्यारिलो खेलले धेरैलाई चकित बनायो। 

राष्ट्रिय टिमबाट ११६ खेलमा ६३ गोल गरेका लेवान्डोस्कीले बायर्न म्युनिकका लागि पछिल्लो समय के गरिरहेका छन् भन्ने सबैले देखेकै छन्। अहिले रोनाल्डो र मेस्सीसँगै रहेर विश्व उत्कृष्टको अवार्ड जित्नु उनको मेहनतकै प्रमाण हो। हुन पनि लेवान्डोस्की सफलताका लागि लागिपर्ने स्वभावकै त छन्। 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्