फाइल फोटो
काठमाडौं- बिहीबार बेलुका ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।
मंगलबार जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
को स्थायी कमिटी बैठकले निर्णय गरेको थियो।
तर खारेज गर्ने निर्णय गरिएको अध्यादेशको प्रावधान अनुसार नै बोलाइएको थियो।
बैठकबारे सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले अनभिज्ञता जनाएको थियो। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले उपस्थित नहुने बताएका थिए।
केही बेरअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो। भेटपछि बैठक स्थगित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।