काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग दुई विषयमा मात्र सहमति भएको प्रष्ट पारेको छ।
प्रचण्डको निजी सचिवालयकी गंगा दाहालले फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओली र प्रचण्डसँग सरकारले हालै ल्याएको विधेयक फिर्ता गर्ने सहमति भएको प्रष्ट पारेकी हुन्। यस्तै प्रचण्ड-माधवकुमार नेपाल समूहले संसद अधिवेशन माग गर्दै हस्ताक्षर बुझाउने प्रक्रिया पनि स्थगित गर्ने सहमति भएको पनि दाहालको स्टाटसमा लेखिएको छ।
'यी दुईबाहेक कुनै पनि सहमति भएको छैन,' गंगाको स्टाटसमा लेखिएको छ। यसअघि पार्टीका सबै विवाद समाधान भएको भन्ने विषय सार्वजनिक भएपछि प्रचण्डको सचिवालयले प्रष्ट पारेको हो।
प्रधानमन्त्री ओलीसमेत सहभागी नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले संवैधानिक निकायमा लामो समय रिक्त राख्नुहुन्न भन्ने सरकारालाई लागेकाले अध्यादेश ल्याएर नियुक्ति प्रक्रिया अघि बढाउन चाहेको बताएका प्रष्टीकरण पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।