धनुषा– आज बिहान आएको हावाहुरीले घर भत्किँदा धनुषामा एक जनाको ज्यान गएको छ।
घर भत्किँदा च्यापिएर धनुषा क्षिरेश्वरनाथ नगरपालिका–५ अर्जनमा बस्ने ५८ वर्षका दुखीदास तत्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमा सुतिरहेको बेला घर भत्किँदा च्यापिएर तत्माको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक रामनरेश सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।