काठमाडौं–पशुपति क्षेत्र विकास कोषले निर्माण गर्ने नयाँ विद्युतीय शवदाह गृहका लागि ६ कम्पनी प्राविधिक रुपमा सफल भएका छन्।
भवन निर्माणका लागि कोषले सन् २०२० मे २० मा सार्वजनिक सूचना प्रकाशन गरेकोमा झन्डै एक दर्जन कम्पनीले इच्छा प्रकट गर्दै प्रस्ताव हालेका थिए। प्रस्ताव परेका कम्पनीमध्येबाट कोषले ६ वटा कम्पनीलाई प्राविधिक रुपमा सक्षम रहेको भन्दै ‘सर्टलिष्ट’ गरेको हो। कोषले बुधबार प्राविधिक रुपमा सफल भएको कम्पनीको नाम सार्वजनिक गर्दै आर्थिक प्रस्ताव खोल्न समय तोकेको छ।
पशुपति क्षेत्र विकास कोषले नेपाल आदर्श निर्माण कम्पनी, सिनर्जी विल्डर्स प्रालि, प्रतिष्ठा/शिवालय जेभी, वल्र्डवाइड/विनायक जेभी, पेरा/तुल्सी भक्तपुर र प्रकृति पवन जेभीलाई प्राविधिक रुपमा छनोट गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।