काठमाडौं–सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न कांग्रेसले आज आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।
पदाधिकारी र पूर्वपदाधिकारीको बैठक दिउँसो १ बजे सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बोलाइएको हो।
बैठकमा सोमबार गरिएको सरकारविरुद्धको प्रदर्शनको समीक्षासमेत गरिने सहमहामन्त्री प्रकाशशरण महतले जनाएका छन्।
मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकलगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७' जारी गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।