काठमाडौं–जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिका थप कदम रोक्न संसद अधिवेशन र महाअभियोगतर्फ लाग्नुपर्ने बताएका छन्।
सत्तापक्षभित्रका र विपक्षका नेताहरु बैठक र वक्तव्यबाजी गरेर बस्नुभन्दा संसद अधिवेशन र महाअभियोगतर्फ लाग्नुपर्ने उनको भनाइ छ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठकरवक्तब्यवाजीरगनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेसन र महाभियोगतर्फ लाग्ने हो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।