• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

फ्रान्समा जन्मिएका चान चित्रकारको अध्यात्ममोह

64x64
नेपाल लाइभ बिहीबार, पुस २, २०७७  १४:५५
1140x725

हिमालको फेदमा रहेका दुई चुचुरा जोड्ने पुल। वरिपरि शून्यता चित्रित गर्ने खाली भाग। सांसारिक सोचभन्दा पर जान प्रेरित गर्ने बुद्धधर्मबाट प्रभावित भएको शीर्षक 'पारमिता'। बुद्धत्व प्राप्त गर्ने मार्गसँग जोडिने शीर्षक र चित्रको सम्बन्ध स्थापित गर्न तीक्ष्ण बौद्धिक चेतना आवश्यक पर्छ भन्ने बुझ्न गाह्रो थिएन।

सरसर्ती हेर्दा यो पेन्टिङमा प्रकृतिको एउटा सुन्दर देनलाई चित्रित गरिएको जस्तो देखिए पनि यसले बोकेको आध्यात्मिक चेतनाको सन्देशले मानिसलाई झन् उत्सुक बनाउँछ। कुनै पनि सांसारिक वस्तुलाई नियालेर त्यसमा लुकेको आत्मालाई मसीका माध्यमबाट कागजमा उतार्न सक्नु एक चित्रकारको विशेषता हो। प्रकृतिको एउटा समान्य छटालाई देखेर त्यसैबाट आध्यात्मिक चेतनातर्फ अग्रसर हुनका लागि प्रेरित गर्दै चित्रकारले चित्र कोर्न सक्नु उसको खुबी हो। 

उल्लेखित चित्र गत डिसेम्बर ११ देखि सिद्धार्थ आर्ट ग्यालेरीमा सुरू भएको ‘अ सिंगल ब्रस्ट्रोक चान माइन्ड स्प्रिचुअल पेन्टिङ’ प्रदर्शनीमा राखिएका विभिन्न चित्रमध्येको कुनै एक चित्र हो। चित्रकार जेरोमी एडोउका विशेष संकलनहरू राखिएको प्रदर्शनी आगामी जनवरी १० सम्म चल्नेछ।

फ्रान्समा जन्मिएर चिनियाँ चित्रकलाको पनि चान पेन्टिङबाट बढी प्रभावित एडोउले प्राकृतिक सुन्दरतालाई हरेकको जीवनसँग तुलना गर्दै विभिन्न पेन्टिङहरू निर्माण गरेका छन्। 

‘मैले बनाएका हरेक पेन्टिङमा हाम्रो जीवनलाई चित्रण गरेको छु। जीवनको अपूर्णता र शून्यतालाई चित्रमार्फत् उतारेर सबैसामू पुर्‍याउने कोशिस गरेको छु। मलाई के लाग्छ भने प्रकृतिको पनि आफ्नो छुट्टै जीवन छ। त्यसैले त्यसको जीवनमा चलिरहने शिलशिलालाई पेन्टिङमार्फत् उतारेको छु‚’ चित्रकार जेरोमी एडोउले भने‚ ‘म कतै हिँड्दै जाँदा त्यहाँ देखेको कुरालाई घरमा आएर मनन गर्छु र मेरो मनले यसको बारेमा के भन्छ त्यसलाई कागजमा मसीका माध्यमबाट उतार्ने गर्छु। मेरा पेन्टिङहरूले कुनै उद्देश्य बोकेका छैनन्।’

चित्रकला प्रदर्शनीमा प्रवेश गर्नासाथ ग्यालेरीको भित्तामा लेखिएको थियो ‘ह्वेन योर हार्ट इज् एम्प्टी एन्ड टोटल्ली फ्री फ्रम डस्ट द ल्यान्डस्केप विल राइज फ्रम द डेप्थ अफ योर सोल’ अर्थात् जब मनमा शून्यता छाउँछ र कोलाहलबाट जब यसले छुटकारा पाउँछ त्यसपछि मात्र भित्री आत्माबाट चित्रकलाको उदय हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चित्रकलामा उनले चिनियाँ आध्यात्मिक मार्गलाई अनुसरण गरेका छन्। ‘चिनियाँ भाषामा चान भनेको ध्यान हो। जब कुनै चित्रकारको आध्यात्मिक आँखाले कुनै वस्तु वा घटना देख्छ भने त्यसलाई ध्यानद्वारा शून्य भएको मनको माध्यमबाट आर्टको रूपमा चित्रण गर्नु नै चित्रकलाको विशेषता हो‚’ उनले भने‚ ‘प्रकृतिमा भएका हरेक घटनाहरूको आफ्नै शिलशिला छ। यिनीहरूको आफ्नै जीवन छ। त्यही जीवनलाई कागजमा उतार्नु नै मेरो चित्रकलाको प्रमुख पक्ष हो।’

कुनै उद्देश्यले प्रेरित भएर र कसैबाट केही पाइन्छ कि भन्ने आशभन्दा टाढा रहेर चित्र कोर्नुपर्छ भन्छन् उनी। प्रदर्शनीमा राखिएका चित्रहरूको बीचमा लेखिएको थियो‚ ‘मेक टि एन्ड लिभ’ यसको अर्थ खुलाउँदै उनले भने‚ ‘मेक टि एन्ड लिभ भन्ने चिनियाँ उक्ति हो। हामीले जुनसुकै पनि कार्य गर्दा त्यसलाई पछाडि फर्केर हेरिरहनु जरूरी छैन। यसलाई मनन गर्दै चान पेन्टरहरू आफूले बनाएका चित्रलाई सजाउँदैनन्। कुनै पनि विषय र घटनालाई शून्य मनले नियालेर त्यसलाई मसीको माध्यमबाट कागजमा उतार्ने गर्दछन्‚’ उनी भन्छन्‚ ‘एउटा बाँसको चित्र बनाउनु छ भने सबैभन्दा पहिला बाँसलाई महशुस गर्न सक्नुपर्छ। चान पेन्टरहरू प्रकृतिमा भएका कुराको कपी गर्दैनन्। बरू त्यसको आत्मा र अदृश्य घटना कागजको माध्यमबाट उतार्ने गर्छन्।’

उनका हरेक चित्रहरू चिनियाँ कागजमा कोरिएका छन्। कोभिड-१९ महामारीका बाबजुद पनि प्रदर्शनी सुरू भएको भन्दै उनले हरेक दिन थोरै मानिसहरूले अवलोकन गर्ने भएकाले कोभिडको डर नभएको बताए। 

Xtrem

Xtrem

No description available.

प्रदर्शनीमा उनका चित्रकला अवलोकन आएकी एक विदेशी नागरिकले भनिन्‚ ‘उनका चित्रकलामा जीवन छन्। हरेक चित्रमा उनले त्यस चित्रको नदेखिएका पाटाहरूको चित्रण गरेका छन्। चित्र बनाउनुभन्दा पनि चित्रमा प्राण भर्नु महत्वपूर्ण हुन्छ। जुन कुरा चित्रकारले गरेका छन्।’

गत डिसेम्बर ११ देखि सुरू भएको यो प्रदर्शनी जनवरी १० सम्म चल्ने एडोउले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्