काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न मिल्नेगरी अध्यादेश जारी, अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठक बस्न सक्ने व्यवस्था
२) अध्यादेश खारेज नभए दुर्घटना निम्तिने नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चेतावनी, अध्यादेश खारेज हुनुपर्ने कांग्रेसको माग, प्रचण्ड–माधव पक्ष ओली विरुद्ध रणनीति बनाउँदै
३) समपूरक र विशेष अनुदान कार्यविधि संशोधन ः तीन वर्षे योजनासहित आयोजना प्रस्तुत गर्नुपर्ने, क्रमागत आयोजनाका रूपमा अघि बढाइने, लागत प्रस्ताव पनि तीन वर्षकै हुनुपर्ने
४) गत नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेनकै जित सदर, औपचारिक घोषणा जनवरी ६ मा, संसदका नयाँ सदस्यहरुले जनवरी ३ मा सपथग्रहण गर्ने
५) र, नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले जित्यो गौतम बुद्ध कपको उपाधि, १४४ रनको चुनौती पछ्याएको नारायणीले बनायो १३४ रन मात्रै
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।